समाचार

  • प्रतिपक्षीले सरकार विरुद्ध अधिनायकवादको कृत्रिम हल्ला फैलाएको पराराष्ट्र मन्त्री ज्ञवालीको आरोप

    प्रतिपक्षीले सरकार विरुद्ध अधिनायकवादको कृत्रिम हल्ला फैलाएको पराराष्ट्र मन्त्री ज्ञवालीको आरोप

    सुशील बन्धु थापा/भक्तपुर । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षीले सरकार विरुद्ध तथाकथित अधिनायकवादको कृत्रिम हल्ला गरि भ्रम फैलाउने कार्य गरिरहेको आरोप लगाउनुभएको छ । रफत संचार क्लबले भक्तपुरमा आईतवार गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले तातो चियाको बाफ उडे जस्तै कृत्रिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने टिप्पणी पनि गर्नुभयो । सरकार लोकतन्त्रप्रति प्रतिबद्ध […]

    आइतवार, साउन २७, २०७५
  • बिराटनगर महानगरपालिका कार्यालयमा बम बिस्फोट, एक जना घाइते, मेयर भीम पराजुली गाडी क्षतिग्रस्त

    बिराटनगर महानगरपालिका कार्यालयमा बम बिस्फोट, एक जना घाइते, मेयर भीम पराजुली गाडी क्षतिग्रस्त

    अविजाल बिष्ट/मोरङ । मोरङको बिराटनगर महानगरपालिका कार्यालय परिषरभित्र बम विस्फोट हुँदा एक जना घाइते भएका छन । दिउसो २ बजेतिर भएको बम बिस्फोटबाट महानगरपालिका कर्मचारी शिवचन्द्र ठाकुर घाइते भएका छन । बिस्फोट मेयर भीम पराजुली चढ्ने को १ झ ४९४ नम्बरको गाडी क्षतिग्रस्त भएको छ । घटनापछि कार्यालयको सेवा अबरुद्ध भएको छ । बिस्फोट कसले […]

    आइतवार, साउन २७, २०७५
  • अन्तर्राष्ट्रिय युवा दिवस : ‘सेफ स्पेस फर युथ’

    अन्तर्राष्ट्रिय युवा दिवस : ‘सेफ स्पेस फर युथ’

    काठमाडौं । १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस आइतबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट १२ का दिन विश्वभर युवा दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो । युवाका सवालमा विश्वका सरकार तथा सरोकारवालालाई […]

    आइतवार, साउन २७, २०७५
  • अाज राति उल्का वर्षा हुने, काठमाडाैंबाट सहजै देख्न सकिने

    अाज राति उल्का वर्षा हुने, काठमाडाैंबाट सहजै देख्न सकिने

    काठमाडौं । आइतबार राति उल्कापात हुने भएको छ । मौसम सफा रहेमा आइतबार राति र सोमबार बिहानसम्म प्रतिघण्टा ६० देखि एक सयबीचमा उल्का वर्षा हुने अनुमान गरिएको छ। केही समयदेखि उल्का खस्ने भएपनि आइतबार राति र सोमबार बिहान यो वर्षको उच्च बिन्दुमा पुग्न लागेको हो। यो पटक खस्ने उक्का वर्षालाई यायती उत्कापातको नाम दिइएको छ […]

    आइतवार, साउन २७, २०७५
  • मोटरसइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    मोटरसइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    उदयपुर । उदयपुरको वेलका नगरपालिका– ८ बहिरु खोलामा गएराती मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । धरानबाट रामपुर तर्फ आउदै गरेको स७ प ३०९० मोटरसाइकल भैसीलाई ठक्कर दिई दुर्घटना हुदाँ चितवान पर्वतीपुर नगरपालिका–२३ बस्ने बर्ष ३१ को सागर सापकोटा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाले जनाएको छ । दुर्घटनामा घाइते भएका सापकोटालाई उपचारका […]

    आइतवार, साउन २७, २०७५
  • बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

    बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

    काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को शिखर सम्मेलनले तयारी तीव्र पारिएको छ । आउँदो भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको अन्य तयारीमा सरकार जुटेको हो। विम्स्टेक शिखर सम्मेलनको तयारी स्वरुप बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रको विदेश मन्त्रालयका सचिवहरु सहभागी बैठकले बडापत्र बनाउने भएको छ। […]

    आइतवार, साउन २७, २०७५
  • यस वर्ष बालकले छेड्ने भए जिब्रो

    यस वर्ष बालकले छेड्ने भए जिब्रो

    भक्तपुर । भक्तपुर थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष मध्यपुरथिमी–५, चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। चोडेमा चेंया पुन्हिया मेय प्वा : खनेगु जात्रा व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले लोप हुन लागेको जात्रा र परम्परालाई जीवित राख्न आफूले यस वर्ष जिब्रो छेड्न लागेको बताए। स्थानीय युवाको पहलमा गत […]

    आइतवार, साउन २७, २०७५
  • जुम्ला घटनाको छानबिन गर्न प्रदेश सरकारले बनायो कार्यदल

    जुम्ला घटनाको छानबिन गर्न प्रदेश सरकारले बनायो कार्यदल

    सुर्खेत । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश सरकारले छुट्टै कार्यदल बनाएको छ। घटना भएको २६ दिनपछि शनिबार घटनाको छानबिनका लागि कार्यदल बनाइएको हो। प्रतिष्ठानमा अनसन बसेका डा गोविन्द केसीलाई काठमाडौं लैजान खोज्दा साउन ३ गते प्रहरी र केसीका समर्थकबीच झडप भएको थियो। अस्पतालमा प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गर्दा […]

    आइतवार, साउन २७, २०७५
  • लागुऔषधसहित ५ जना पक्राउ

    लागुऔषधसहित ५ जना पक्राउ

    चितवन । चितवन प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–३ न्यूरोडबाट पक्राउ परेका उनीहरुविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। पक्राउ पर्नेमा नवलपरासी जिल्ला गैँडाकोट नगरपालिका– १ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ, […]

    आइतवार, साउन २७, २०७५
  • नवलपरासीको विनयीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

    नवलपरासीको विनयीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

    नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बेसक्याम्प चोक दुम्किबासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९७ ५९ नम्बरको बलेरो गाडी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २० प ५१७ नम्बरको मोटरसाइकल एकापसमा ठेोेक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा प्युठान जिल्लाको […]

    आइतवार, साउन २७, २०७५