समाचार

  • पानीको भुमिगत् श्रोत सुक्दैः काठमाडौमा समस्या

    पानीको भुमिगत् श्रोत सुक्दैः काठमाडौमा समस्या

    मुलुककै राजधानी काठमाडौमा खानेपानीको समस्या वर्षौंदेखि विकराल छ ।

    बुधबार, बैशाख १८, २०७६
  • वीरगञ्जबाट भारतीयलाई नागरिकता बाँडेको आरोप

    वीरगञ्जबाट भारतीयलाई नागरिकता बाँडेको आरोप

    आबिद हुसेन/पर्सा । नागरिकता सम्बन्धि विधेयक संसदमा विचारधीन अवस्थामा छ । सरकारले २०६३/६४ मा गाउँगाउँ पुगेर नागरिकता वितरण गरेकाहरुको सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेपछि पर्साको वीरगञ्जसहित तराईका विभिन्न जिल्लामा नागरिकता लिनेको भीड लाग्न थालेको छ । वैशाख २ गते सर्वोच्च अदालतले जन्मसिद्धको सन्तानलाई बंशज नागरिकता वितरण गर्ने बाटो खुलाइदिएपछि जिल्ला प्रशासनमा नागरिकता लिनेको भिड […]

    बुधबार, बैशाख १८, २०७६
  • आज मजदुर दिवस, ‘८ घण्टा काम, ८ घण्टा मनोरञ्जन, ८ घण्टा आराम’

    आज मजदुर दिवस, ‘८ घण्टा काम, ८ घण्टा मनोरञ्जन, ८ घण्टा आराम’

    काठमाडौँ । प्रमुख राजनीतिक दल सम्बद्ध मजदूर संगठनहरुले अलग अलग कार्यक्रम गरी अन्तराष्ट्रिय श्रमिक दिवस मनाएकााछन् । सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाली काँग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन काँग्रेस र स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले बुधबार भिन्ना भिन्नै कार्यक्रम गरी १ सय ३० औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका हुन् । राजनीतिक आस्थाका […]

    बुधबार, बैशाख १८, २०७६
  • जापानमा सम्राटले गद्दी त्याग गर्दै

    जापानमा सम्राटले गद्दी त्याग गर्दै

    एजेन्सी । दुईसय वर्षपछि गद्धीत्याग गर्न लागेका जापानका सम्राट आकिहितोको गद्दीत्यागको विधि परम्परागत रूपमा आज सुरु भएको छ । टोकियोस्थित राजभवनमा गद्धीत्याग सुरु भएको हो । आकिहितोले सम्राटका रूपन अन्तिम भाषण गर्ने जनाइएको छ । पचासी वर्षीय आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका […]

    मङ्लबार, बैशाख १७, २०७६
  • धर्मपरिवर्तनकारीको दादागिरी, ईटहरीमा स्थानीयमाथि हातपात

    धर्मपरिवर्तनकारीको दादागिरी, ईटहरीमा स्थानीयमाथि हातपात

    सुनसरी । कोरीयाली धर्म प्रचारक ‘वी लभ य’ुको नाममा नेपाल छिरेका साङ जा हान नामका कोरीयाली नागरीकले सुनसरीको ईटहरीमा स्थानीयमाथि हातपात गरेका छन् । परमेश्वरको मण्डली विश्व सु समाचार समाज (सियोन)का धर्म प्रचारक कोरियाली नागरिक र उनका अनुयायीहरुले स्थानीय अनु राईलाई कुटपिट गर्नुका साथै अभिषेक कार्की र आयुशा कार्कीलाई पनि दुव्र्यवहार गरेका थिए । यसबारे […]

    मङ्लबार, बैशाख १७, २०७६
  • गाउँपालिकाबाट प्रहरीलाई निशुल्क जग्गा

    गाउँपालिकाबाट प्रहरीलाई निशुल्क जग्गा

    उदयपुर । प्रहरी चौकि स्थापनाको लागि उदयपुरको रौतामाई गाउँपालिकाले प्रहरीलाई निशुल्क जग्गा प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरमा आज आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख गजेन्द्र खड्काले जग्गा प्रमुख जिल्ला अधिकारि बिष्णु कार्कि मार्फत प्रहरीलाई हस्तान्तरण गर्नुभयो । प्रहरी चौकि नजिक नहुदा गाउँपालिका का नागरिक हरूलाई शान्ति शुरक्षा प्रदान गर्न समस्या भएको तथा हालको प्रहरी […]

    मङ्लबार, बैशाख १७, २०७६
  • धर्मपरिवर्तनकारी साधारण तारिकमा थुनामुक्त

    धर्मपरिवर्तनकारी साधारण तारिकमा थुनामुक्त

    दाङ । दाङमा क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा पक्राउ परेका ५ जना साधारण तारिकमा थुनामुक्त भएका छन् । धर्मान्तरणको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका केन्द्रिय महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडीका चालक नेपालगञ्जका प्रमोद काफ्ले दाङ देउखुरी जिल्ला अदालतको आदेशमा साधारण तारिकमा रिहा भएका […]

    मङ्लबार, बैशाख १७, २०७६
  • ट्रकले छात्राको ज्यान लिएपछि कैलाली तनावग्रस्त

    ट्रकले छात्राको ज्यान लिएपछि कैलाली तनावग्रस्त

    कैलाली । कैलालीमा आज बिहान ट्रकले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । छात्राको ज्यान गएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय सुनीता रावलको ज्यान गएपछिपछि सुरु भएको प्रदर्शनले लम्की बजार तनावग्रस्त बनेको हो । प्रदर्शनकारीले तोडफोडका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका […]

    मङ्लबार, बैशाख १७, २०७६
  • पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

    पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

    पाल्पा । पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–७ मा लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । जिपमा ६ जना सवार रहेकामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाप्लाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले जानकारी दिए । एसपी […]

    सोमवार, बैशाख १६, २०७६
  • २५ हजार घुस लिदालिदै वडाध्यक्ष समातिए

    २५ हजार घुस लिदालिदै वडाध्यक्ष समातिए

    एमके माझी/सप्तरी । मोहि जग्गा सम्बन्धि विवादमा सिफारिस गर्न घुस लिँदालिँदै एक वडाध्यक्ष रंगेहात समातिएका छन् । एक सेवाग्राहीको मोही जग्गा सम्बन्धी सिफारिस गरिदिन २५ हजार लिने क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका ५ का वडाध्यक्ष चिल्टु मियाँ घुस वापत लिएको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय ईटहरीको टोलीले पक्राउ गरेको हो । सिफारिसका लागी […]

    सोमवार, बैशाख १६, २०७६