समाचार

  • दक्षिण अफ्रिकामा कोभिडका बिरामी दोब्बरले बढे

    दक्षिण अफ्रिकामा कोभिडका बिरामी दोब्बरले बढे

    दक्षिण अफ्रिकामा कोभिड संक्रमण तीव्र बढेको छ । नयाँ भेरियन्ट देखिएसँगै कोभिडका बिरामी बढेका हुन् । पछिल्लो त्यहाँ कोभिड विरामीको संख्या दोब्बरले बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेरियन्ट ओमिक्रोनका कारण कोभिड बिरामी बढेको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । निकै […]

    बिहिबार, मंसिर १६, २०७८
  • त्रिभुवन विमानस्थलमा सटल बस सञ्चालनमा

    त्रिभुवन विमानस्थलमा सटल बस सञ्चालनमा

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनको बुधबार शुभारम्भ गरेका छन् । विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीले मनोमानीरूपमा ग्राहकसँग लिँदै आएको पैसा रोक्न मन्त्री आलेले विमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सवा सुरु गरेका हुन् । विमानस्थलमा यात्रु बोक्ने ट्याक्सीबाट ग्राहक ठगिएको गुनासो बढेपछि गोल्डेनगेट तथा उक्त गेटबाट आन्तरिक टर्मिनलभित्र […]

    बिहिबार, मंसिर १६, २०७८
  • आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति भण्डारी

    आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदैछिन् । राष्ट्रपति भण्डारीले लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम तय भएको […]

    बिहिबार, मंसिर १६, २०७८
  • उपाधी दाबेदार लिभरपुलको शानदार जित

    उपाधी दाबेदार लिभरपुलको शानदार जित

    इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधी दाबेदार लिभरपुलले एभर्टनलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे भने जोर्डन हेण्डरसन र डिएगो जोटाले एक-एक गोल गरे । एभर्टनका लागि डेमाराई ग्रेले एक गोल फर्काए । यस जितसँगै लिभरपुल लिगको तेस्रो स्थानमा […]

    बिहिबार, मंसिर १६, २०७८
  • आजदेखि कांग्रेसको प्रादेशिक अधिवेशन, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

    आजदेखि कांग्रेसको प्रादेशिक अधिवेशन, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

    सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज बिहीबार सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । शनिबार निर्वाचन हुनेछ । १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले […]

    बिहिबार, मंसिर १६, २०७८
  • काँग्रेसको निर्वाचन प्रक्रिया शुरू : सातै प्रदेशमा उत्साह

    काँग्रेसको निर्वाचन प्रक्रिया शुरू : सातै प्रदेशमा उत्साह

    नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया शुरू हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । संयोजक घिमिरेले भने, काँग्रेसको प्रदेश अधिवेशन पहिलो पटक हुन लागेकाले नेता–कार्यकर्ता उत्साहित भएको पाएको छु । […]

    बिहिबार, मंसिर १६, २०७८
  • सीटीईभीटी सदस्य सचिव काफ्लेको मनपरी

    सीटीईभीटी सदस्य सचिव काफ्लेको मनपरी

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि आफूअनुकूल सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको आरोप लागेको छ । पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० लाख रुपैयाँसम्म असुल गरेको आरोप उनीमाथि लागेको हो । काफ्लेलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । […]

    बिहिबार, मंसिर १६, २०७८
  • राप्रपा महाधिवेशनको लक्ष्य : ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’

    राप्रपा महाधिवेशनको लक्ष्य : ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’

    जतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले राजधानीको भृकुटीमण्डपमा बुधबार संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले संसद्मा बहुमत पु¥याएर संविधान संशोधन गरी राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना गर्नेभन्दा […]

    बिहिबार, मंसिर १६, २०७८
  • सर्वोच्चको ७० वर्षे इतिहासमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी

    सर्वोच्चको ७० वर्षे इतिहासमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी

    सर्वोच्च अदालतमा बुधबारबाट न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । न्यायालयको ७० वर्षको इतिहासमा बुधबारदेखि गोला प्रक्रिया प्रणालीमा मुद्दाको पेसी तोकिएको हो । यसअघि प्रधानन्यायाधीशलाई सर्वोच्चका सबै मुद्दाको पेसी तोक्ने तजबिजी अधिकार थियो । बुधबारबाट भने पहिलोपटक सो अधिकार कटौती भएको छ । बुधबार गोला प्रक्रिया प्रणालीबाट सर्वोच्चमा ११ वटा इजलास गठन भएका थिए […]

    बिहिबार, मंसिर १६, २०७८
  • राष्ट्रिय बाघ सर्वेक्षण मंसिर १९ देखि

    राष्ट्रिय बाघ सर्वेक्षण मंसिर १९ देखि

    नवलपुर– यही मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार देशभर बाघ पाइने निकुञ्जलाई […]

    बिहिबार, मंसिर १६, २०७८