देश

  • वन्यजन्तुको अंग र बन्दुकसहित डोल्पाबाट पाँच जना पक्राउ

    वन्यजन्तुको अंग र बन्दुकसहित डोल्पाबाट पाँच जना पक्राउ

    डोल्पा – डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । चोरी शिकार नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ का गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा छन् […]

    शनिबार, माघ ३, २०७७
  • आज काठमाडौँका २१ स्थानमा विद्युत कटौती हुने

    आज काठमाडौँका २१ स्थानमा विद्युत कटौती हुने

    काठमाडौं-नेपाल विद्युत प्राधिकरणले आज पनि काठमाडौँका विभिन्न २१ स्थानमा मर्मतको लागि विद्युत कटौती गर्दैछ । जसका लागि बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट वितरित २१ स्थानमा विद्युत कटौती हुने छ । महाराजगञ्ज वितरण केन्द्रका बसुन्धरा, मित्रनगर, गोंगबु गणेशस्थान, बसपार्कलगायतका क्षेत्रमा बिहान ७ बजे नै विद्युत कटौती भइसकेको छ । यस्तै भंगाल, हात्तीगौडा, हेपाली, धापासी […]

    शनिबार, माघ ३, २०७७
  • संसद् विघटनविरुद्धको रिटमाथि सुनुवाइ सुरू

    संसद् विघटनविरुद्धको रिटमाथि सुनुवाइ सुरू

    काठमाडौँ– सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ सुरू भएको छ। सर्वोच्चका प्रधान्यायाशीससहित पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो। शुक्रबारको सुनुवाइमा विभिन्न कानून व्यवसायी तथा नेकपाकातर्फबाट दायर रिटको सुनुवाइ वृहत पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमै गर्ने भन्ने विषयमा बहस भइरहेको छ। यसअघि २९ पुसमा पनि यही विषयमा सुनुवाइ भएको थियो। सो दिन […]

    शुक्रबार, माघ २, २०७७
  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौँ– कपिलवस्तुमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति शिवराज नगरपालिका–१ चैनपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नम्बरको ट्रकले चैनपुर स्वर्गद्वारी गेट अगाडि पैदलयात्रीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा […]

    शुक्रबार, माघ २, २०७७
  • नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

    नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक शुक्रवार (आज) पनि बस्दैछ । बिहीवारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुने छ। आजको बैठकमा संसद विघटन विरुद्ध आन्दोलनका थप कार्यक्रमहरु ल्याउनेबारे पनि छलफल हुने बताइएको छ। पुष ५ गते प्रधानमन्त्रीको […]

    शुक्रबार, माघ २, २०७७
  • हुम्लाको लिमी गाउँ पाँच महिनाका लागि बन्द

    हुम्लाको लिमी गाउँ पाँच महिनाका लागि बन्द

    काठमाडौँ– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्को कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो । दुईवटै नाका हिमपातपछि […]

    शुक्रबार, माघ २, २०७७
  • बाक्लो हुस्सु लागेका कारण आज विहान आन्तरिक उडानमा समस्या 

    बाक्लो हुस्सु लागेका कारण आज विहान आन्तरिक उडानमा समस्या 

    काठमाडौँ- बाक्लो हुस्सु र कुहिरोले तराईका अधिकांश जिल्लामा तय भएका आन्तरिक उडानमा असर परेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हुस्सु नखुलेसम्म विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा हुने उडान हुने सम्भावना छैन । अन्तर्राष्ट्रिय उडान भने खासै समस्या नभएको उनले बताए । आन्तरिकतर्फ दैनिक औसत ९० हाराहारी उडान हुने […]

    शुक्रबार, माघ २, २०७७
  • किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ?

    किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ?

    काठमाडौँ– सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्नेछ । करिब १३ वटा निवेदन , पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनामा परेकाले विघटनको मुद्दाको सुनुवाइ केही साता लम्बिन्छ । सर्वोच्च अदालतले दैनिकरुपमा नभइ साताको एक वा दुई दिन […]

    शुक्रबार, माघ २, २०७७
  • एक पटक कोरोना भएर निको भएकाहरु भ्याक्सिन लगाए जत्तिकै सुरक्षित

    एक पटक कोरोना भएर निको भएकाहरु भ्याक्सिन लगाए जत्तिकै सुरक्षित

    काठमाडौँ– एक पटक कोरोनाभाइरसबाट संक्रमित भएर निको भएकाहरु भ्याक्सिन लगाएका मानिसहरुजत्तिकै सुरक्षित भएको एक अध्ययनमा खुलासा भएको छ । बेलायतमा पब्लिक हेल्थ इङल्याण्ड (पीएचइ) ले गरेको अध्ययनमा एक पटक संक्रमित भएर निको भएकाहरु ९० प्रतिशतसम्म सुरक्षित भएको खुलासा भएको छ । विशेषज्ञहरुले संक्रमित भएर निको भएका बिरामीहरुमा भएको प्रतिरक्षा क्षमता कम्तीमा भ्याक्सिनले दिने सुरक्षाजत्तिकै भएको […]

    बिहिबार, माघ १, २०७७
  • माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

    माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

    नुवाकोट– जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा आज गोरु जुधाइ मेला सञ्चालन भएको छ । पाँच स्थानमा गरी […]

    बिहिबार, माघ १, २०७७