देश

  • पौडेलका हत्या आरोपी तीन प्रहरीलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाए

    पौडेलका हत्या आरोपी तीन प्रहरीलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाए

    काठमाडौं- नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलका हत्या आरोपी तीन प्रहरीलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएको छ । मुठभेडका नाममा पौडेललाई पक्राउ गरेर मारेको आरोप लागेका प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रलाई प्रधान कार्यालय फिर्ता गरिएको हो । उनीहरूसँगै २ नम्बरमा घुमुवाका रूपमा खटिएका अन्य पाँच जनालाई पनि […]

    आइतवार, फाल्गुन ४, २०७६
  • ललितपुर महानगरपालिकामा सोमबार बिदा

    ललितपुर महानगरपालिकामा सोमबार बिदा

    ललितपुर- ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ। नगरपालिकाका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा शोक मनाउन कार्यालय र सबै वडा बन्द रहने महानगरपालिकाले जनाएको छ। नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वमेयर शाक्यको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो। २०४७ सालको राजनीतिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उनगरपालिकाको पहिले मेयर बनेका थिए।

    आइतवार, फाल्गुन ४, २०७६
  • कसरी राखिएको छ चीनबाट उद्धार गरी ल्याइएका नेपाली (भिडियो)

    कसरी राखिएको छ चीनबाट उद्धार गरी ल्याइएका नेपाली (भिडियो)

    काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई काठमाडौँ ल्याएर भक्तपुरका निर्माण गरिएको आइसोलेसन सेन्टरमा राखिएको छ । कोरोना संक्रमितहरुलाई फर्काउन नमिल्ने भएपछि संक्रमण नदेखिएकाहरुलाई फर्काएर सरकारले निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा राखिएको हो । चीनको वुहान प्रान्तमा पढाइका लागि गएका १ सय ७५ विद्यार्थीलाई स्वदेश फर्काइएको छ । नोबेल कोरोना भाइरसको उदगस्थल मानिएको […]

    आइतवार, फाल्गुन ४, २०७६
  • सप्तरीको जाँजरमा मुस्लिम समुदायको जनसागर

    सप्तरीको जाँजरमा मुस्लिम समुदायको जनसागर

    कडा सुरक्षा र निगरानीकोबीच सुरु भएको धार्मिक सम्मेलनमा नेपाल र भारतको मुस्लिमको मात्र सहभागीता रहेको छ। अन्य मुलुकका मुस्लिमहरुपनि सहभागी हुन आएपनि विवाद बढेपछि उनीहरुलाई सम्झाई बुझाई फिर्ता पठाईएको धार्मिक सम्मेलन आयोजक समितिका संयोजक मो. गफुरले जानकारी दिए।

    आइतवार, फाल्गुन ४, २०७६
  • गण्डकी प्रदेश सरकारको २ वर्ष पूरा : अधिकांश योजना अपूरा

    गण्डकी प्रदेश सरकारको २ वर्ष पूरा : अधिकांश योजना अपूरा

    गण्डकी प्रदेश सरकार गठन भएको २ वर्ष पूरा भएको छ । २०७४ फागुन ४ मा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकको मितिलाई स्थापना दिवस मानेको प्रदेश सरकारले आज धुमधामका साथ प्रदेशको स्थापना दिवस मनाएको छ ।

    आइतवार, फाल्गुन ४, २०७६
  • माग पूरा नभए अनशन बस्ने भूपू गोर्खा सैनिको चेतावनी

    माग पूरा नभए अनशन बस्ने भूपू गोर्खा सैनिको चेतावनी

    काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आमरण अनसन शुरु गर्ने चेतावनी दिएका छन् । बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मूल्यांकन नभएको र मानवीय व्यवहार समेत नगरेको भन्दै लामो समयदेखि संघर्षरत गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आमरण अनसन शुरु गर्ने चेतावनी दिएका हुन् । आज […]

    आइतवार, फाल्गुन ४, २०७६
  • सरकारी जग्गामा आँखा लगानेलाई कडा कारबाही हुन्छ : मन्त्री अर्याल

    सरकारी जग्गामा आँखा लगानेलाई कडा कारबाही हुन्छ : मन्त्री अर्याल

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने चेतावनी दिएकी छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको बनाउने दुषित मनसायका आँखा लगाउने कुरा सैह्य नहुने बताइन । अहिलेसम्म सरकारले देशका […]

    आइतवार, फाल्गुन ४, २०७६
  • वुहानबाट १७५ जना नेपाली लिएर फर्कियो जहाज

    वुहानबाट १७५ जना नेपाली लिएर फर्कियो जहाज

    काठमाडौँ–कोरोना भाईरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली लिन गएको जहाज विद्यार्थीले लिएर काठमाडौँ फर्किएको छ । बुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र […]

    आइतवार, फाल्गुन ४, २०७६
  • टिपरसँग जोगिनुहोस्, ज्यान बचाउनुहोस् (भिडियो)

    टिपरसँग जोगिनुहोस्, ज्यान बचाउनुहोस् (भिडियो)

    काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही परेका छन । अनेकौ सचेतना अभियान चलाउँदा समेत नियम उल्लंघनका घटना मात्र दोहोरिएका छैनन दुर्घटना समेत न्यूनिकरण भएका छैनन । अझ यसभित्र पनि टिप्परबाट हुने दुर्घटनाको अवस्था दर्दनाक छ ।

    शनिबार, फाल्गुन ३, २०७६
  • थाहा पाउनुहोस ८ घण्टा बत्ति नआउने ४ दिन

    थाहा पाउनुहोस ८ घण्टा बत्ति नआउने ४ दिन

    काठमाडौं- उपत्यकाका विभिन्न स्थानमा फागुन ३, ५, ७ र १० गते ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार यी ४ दिनमा पुल्चोक वितरण केन्द्र अन्तर्गतको फर्पिंग फिडरबाट बिजुली आपूर्ति हुने स्थानमा बत्ति नआउने भएको हो । प्राधिकरणका अनुसार यो फिडरको ११ केभी लाइन अपग्रेड गर्नु पर्ने भएकोले बिहान १० […]

    शनिबार, फाल्गुन ३, २०७६