देश

  • पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

    पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगञ्ज – पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार साँझ गरिएको कोरोना परीक्षणमा ७ देखि ६२ वर्ष उमेर समूहका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । १० महिलासहित ३५ जना संक्रमित भएकामा ३४ जना पर्सा र १ जना बाराका छन् । पर्साका ३४ जनामध्ये वीरगञ्ज महानगरपालिकाका […]

    बिहिबार, साउन २९, २०७७
  • प्रचण्डको सचिवालयमा काम गर्ने सशस्त्र प्रहरीमा कोरोना संक्रमण

    प्रचण्डको सचिवालयमा काम गर्ने सशस्त्र प्रहरीमा कोरोना संक्रमण

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएका सशस्त्र प्रहरी हुन्। उनी चालकको रूपमा कार्यरत छन्। उनलाई सशस्त्र प्रहरीकै आइसोलेसनमा राखिएको छ । ती चालक प्रचण्डका सवारी चालकसँगै हिँड्ने र बस्ने गर्थे। अहिले प्रचण्डका चालक पनि आइसोलेसनमा छन्। यसअघि प्रचण्डको सुरक्षामा खटिएका ६ […]

    बुधबार, साउन २८, २०७७
  • थप ४८४ जनामा कोरोना पुष्टि, ६४ जनाले जिते कोरोना

    थप ४८४ जनामा कोरोना पुष्टि, ६४ जनाले जिते कोरोना

    काठमाडौं । नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४८१ जनामा गरिएको कोरोना परिक्षणमा ४८४ जनामा संक्रमण पुष्टि भएको हो । ६४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । हालसम्म १६ हजार ७ सय २८ जना संक्रमित उपचार पछि निको भएका छन् […]

    बुधबार, साउन २८, २०७७
  • सुरक्षाको माग गर्दै नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीद्वारा सामुहिक राजीनामा

    सुरक्षाको माग गर्दै नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीद्वारा सामुहिक राजीनामा

    पर्सा । सुरक्षाको माग गर्दै नारायणी अस्पतालका नर्स र स्वास्थ्यकर्मी सहित ३ सय कर्मचारीले सामुहिक राजीनामा दिएका छन । कोरोना संक्रमितको उपचारमा २४ घण्टा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लगायतका कार्य भएपछि बाध्य भएर सामूहिक राजीनामा दिन बाध्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए । उनका अनुसार राजीनामा प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् […]

    बुधबार, साउन २८, २०७७
  • कोरोना कहर : आधा कर्मचारीबाट कार्यालय सञ्चालन

    कोरोना कहर : आधा कर्मचारीबाट कार्यालय सञ्चालन

    काठमाडौं- सरकारले कोरोना जोखिम बढ्दै गएपछि कोरोना नियन्त्रण तथा रोकथाम र उपचारसम्बन्धी यसअघि जारी भएका आदेशहरूमा हेरफेर गरेको छ । काठमाडौँ उपत्यकासहित दुई सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लाका कार्यालयहरूमा ५० प्रतिशत कर्मचारी घटाई सेवा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी […]

    बुधबार, साउन २८, २०७७
  • डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३५ जना घाइते

    डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३५ जना घाइते

    रोजेन्द्र जोशी डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको […]

    बुधबार, साउन २८, २०७७
  • चितवनका १६ सहित २१ जनामा कोरोना संक्रमण

    चितवनका १६ सहित २१ जनामा कोरोना संक्रमण

    चितवन । चितवनमा १६ सहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन्। संक्रमण देखिएका मध्ये १२ जना भरतपुरका महानगरका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका छन्। अन्य ५ जना बाहिरी जिल्लाका भए पनि यहिँकै […]

    बुधबार, साउन २८, २०७७
  • बाढिले पुल बगाउँदा उद्धारमा कठिनाई

    बाढिले पुल बगाउँदा उद्धारमा कठिनाई

    बाजुरा । बूढीगंगा नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाउँदा गौमूल गाउँपालिका–२ अजयटोड्की पुरा गाउँ नै सम्पर्कविहीन बनेको छ । पुल बगाएकाले खोला तर्न नसक्दा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली प्रभावित स्थानमा नपुगी फिर्ता भएको छ । प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंँडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता […]

    बुधबार, साउन २८, २०७७
  • सन्जय दत्तलाई तेस्रो चरणको क्यान्सर, उपचारका लागि अमेरिका प्रस्थान

    सन्जय दत्तलाई तेस्रो चरणको क्यान्सर, उपचारका लागि अमेरिका प्रस्थान

    काठमाडौं- बलिउड अभिनेता सन्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। क्यान्सर तेस्रो चरणमा पुगिसकेको र उनी उपचारका लागि अमेरिका प्रस्थान गरेको विभिन्न भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। श्वास फेर्न कठिन भएपछि ६१ वर्षीय दत्त गएको शनिबार मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका थिए। उनको कोरोना परीक्षण गरिए पनि रिपोर्ट नेगेटिभ आएको थियो। उनलाई फोक्समो क्यान्सर भएको पत्ता […]

    बुधबार, साउन २८, २०७७
  • पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो

    पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो

    पाल्पा– पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दुर्घटना भएको निस्दी गाउँपालिका ४ का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिए । दुर्घटनामा निस्दी गाउँपालिका ५ […]

    बुधबार, साउन २८, २०७७