देश

  • प्रधानमन्त्रीको ‘एपेण्डीसाइटिस्’ अप्रेसन सम्पन्न : उच्च सतर्कतासहित पोष्टअपमा राखियो

    प्रधानमन्त्रीको ‘एपेण्डीसाइटिस्’ अप्रेसन सम्पन्न : उच्च सतर्कतासहित पोष्टअपमा राखियो

    प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पताल मातहतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १२ः४५ बजे  अप्रेसन सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। गएराति पेट दुखेपछि प्रधानमनत्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। चिकित्सकीय परीक्षणपछि प्रधानमन्त्रीलाई ‘एपेन्डिसाइटिस’ भएको थाहा भएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता […]

    मङ्लबार, मंसिर १०, २०७६
  • आज मुलुकभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

    आज मुलुकभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

    हिमाली भेगका कही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    मङ्लबार, मंसिर १०, २०७६
  • भीर माहुरीको मह काढ्दा अनुमति चाहिने

    भीर माहुरीको मह काढ्दा अनुमति चाहिने

    खोटाङ । केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो । गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र […]

    आइतवार, मंसिर ८, २०७६
  • दिवंगत पितृका नाममा आज साँझ दीपदान गरी राति शतबीज छरिने

    दिवंगत पितृका नाममा आज साँझ दीपदान गरी राति शतबीज छरिने

    काठमाडौं- प्रत्येक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउछन् । आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका […]

    आइतवार, मंसिर ८, २०७६
  • मन्त्रिपरिषद् पुनर्गठनप्रति समाजवादीको असहमति, ४ सदस्यीय कार्यदल गठन

    मन्त्रिपरिषद् पुनर्गठनप्रति समाजवादीको असहमति, ४ सदस्यीय कार्यदल गठन

    काठमाडौं– समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाएको छ । पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् पुनर्गठनप्रति भने असहमति जनाएको हो । पार्टीले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । ‘यो गठबन्धन संस्कृति विपरित छ […]

    आइतवार, मंसिर ८, २०७६
  • प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नक्सा बनायो, नेपाली भूमि कव्जा गर्‍यो : देउवा

    प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नक्सा बनायो, नेपाली भूमि कव्जा गर्‍यो : देउवा

    पोखरा- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै भारतले नयाँ नक्सा सार्वजनिक गरेको बताएका छन्। शनिबार पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा गाभ्नेगरी ओलीले नै सहमति गरेको दाबी गरे। ‘ओलीले भारतसँग सहमति गरेर नेपाली भूमिसहित भारतले नयाँ नक्सा सार्वजनिक गरेको हुन […]

    शनिबार, मंसिर ७, २०७६
  • शुभ एभरग्रीन हेल्थ क्लबकी गुरुङको बिदाई

    शुभ एभरग्रीन हेल्थ क्लबकी गुरुङको बिदाई

    काठमाडौं । शुभ एभरग्रीन हेल्थ कल्ब रानीबारीले योगा ग्रुपकी सदस्य सन्तोषी गुरुङलाई विदाई गरेको छ । गुरुङलाई बिदा गर्दै क्लबका पदाधिकारीले बेलायत बसाई सुखद रहोस् भन्दै शुभकामना दिएका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरी ग्रुपका पदाधिकारीहरुले बेलायतको यात्रामा जान लागेकी गुरुङलाई यात्रा सफलताको कामनासहित बिदाई गरिएको हो । पदाधिकारीहरुले गुरुङलाई दोसल्ला ओढाई विदाई गरेका […]

    शनिबार, मंसिर ७, २०७६
  • बालाचतुर्दशीमा पशुपतिका भक्तजनसँग शुल्क लिए कारवाही गरिने

    बालाचतुर्दशीमा पशुपतिका भक्तजनसँग शुल्क लिए कारवाही गरिने

    काठमाडौं- यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही संस्थाले ठाउँ लिएर पैसा उठाउने गरेका थिए । यसरी शुल्क उठाउने संस्थाले रसिदसमेत नदिने गरेको गुनासो भक्तजनको थियो । […]

    शनिबार, मंसिर ७, २०७६
  • उपनिर्वाचनमा खटिनेका लागि २० लाख रुपैयाँको बीमा

    उपनिर्वाचनमा खटिनेका लागि २० लाख रुपैयाँको बीमा

    काठमाडौं- प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना बीमा गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार उपनिर्वाचनमा संलग्नको […]

    शनिबार, मंसिर ७, २०७६
  • अस्तित्व स‌कंटकमा हुलाक सेवा

    अस्तित्व स‌कंटकमा हुलाक सेवा

    कपिलबस्तु- कुनै समय संचार जगतको सबैभन्दा प्रभावकारी माध्यम बनेको हुलाक सेवा पछिल्लो समय प्रविधिको विकाससँगै अस्तित्व संकटमा छ। विगतमा आम नागरिकको भरोसा बनेको हुलाक अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सिमित भएको छ।

    शुक्रबार, मंसिर ६, २०७६