देश

  • भारतका लागि नेपाली राजदूतमा आचार्य सिफारिस

    भारतका लागि नेपाली राजदूतमा आचार्य सिफारिस

    काठमाडौं । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा संविधानविद् निलाम्बर आचार्यलाई सिफारिस गरेको स्राेतले बताएकाे छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । यसअघि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूतमा सिफारिस गर्ने निर्णय भए पनि नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आएको थिएन । यस्तै बैठकले मलेसियाका […]

    सोमवार, कार्तिक २६, २०७५
  • नवलपरासीको गैंडाकोटमा बस दुर्घटना, २५ जना घाइते

    नवलपरासीको गैंडाकोटमा बस दुर्घटना, २५ जना घाइते

    काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ । दाङ घोराही उपमहानगरपालिका होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिकाका […]

    सोमवार, कार्तिक २६, २०७५
  • धादिङमा ग्याँस बोकेको बुलेट दुर्घटना, दुई जनाको मृत्यु

    धादिङमा ग्याँस बोकेको बुलेट दुर्घटना, दुई जनाको मृत्यु

    धादिङ । सृजना लम्साल  । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका –५, विशालटार नजिकै आइतबार बिहान ग्यास बुलेट पल्टिदाँ दुई जनाको मृत्यु भएको छ । भारतको बरौलीदेखि काठमाडौँ जाँदै गरेको नेपाल ग्यासको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यासको बुलेट आफै अनियन्त्रित भएर सडकबाट २० मिटर तल पल्टिएको हो । दुर्घटनामा बेनिघाट रोराङ –५ […]

    आइतवार, कार्तिक २५, २०७५
  • फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीयः प्रधानमन्त्री

    फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीयः प्रधानमन्त्री

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ । फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको हो । शुभकामना सन्देशमा भनिएको […]

    आइतवार, कार्तिक २५, २०७५
  • थाइल्यान्ड हिँडेका मुख्यमन्त्री किन पुगे अमेरिका ?

    थाइल्यान्ड हिँडेका मुख्यमन्त्री किन पुगे अमेरिका ?

    काठमाडौँ – उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषद्सँग अनुमति लिएका छैनन् । उनको भ्रमणबारे ‘जानकारी नभएको’ परराष्ट्र मन्त्रालयले जनाएको छ […]

    आइतवार, कार्तिक २५, २०७५
  • तिहारको चौथो दिन आज गोबद्र्धन पूजा

    तिहारको चौथो दिन आज गोबद्र्धन पूजा

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहेको छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै […]

    बिहिबार, कार्तिक २२, २०७५
  • आज लक्ष्मी पूजा, उत्तम साइत कति बजे ?

    आज लक्ष्मी पूजा, उत्तम साइत कति बजे ?

    काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । फोहर र उज्यालो नभएको स्थानमा लक्ष्मीको वास हुँदैन भन्ने मान्यता अनुरुप यो दिन भकारी, धनसार, अट्टालिका, बुइँगल, कोठाचोटा, आँगन सबै स्थान सफा र उज्यालो गरी दीपावलीसाथ लक्ष्मीको आराधना गर्ने प्रचलन छ । पात्रो अनुसार गाई र गोरुपूजा भोलि तोकिए पनि […]

    बुधबार, कार्तिक २१, २०७५
  • तिहारको दोस्रो दिन आज कुकुरको पूजा

    तिहारको दोस्रो दिन आज कुकुरको पूजा

    काठमाडौं । तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ […]

    मङ्लबार, कार्तिक २०, २०७५
  • डोल्पामा जीप दुर्घटना १० जनाको मृत्यु

    डोल्पामा जीप दुर्घटना १० जनाको मृत्यु

    डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको  ज्यान गएको छ । दुर्घटनामा परेका दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको हो । घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको छ ।

    सोमवार, कार्तिक १९, २०७५
  • मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

    मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

    काठमाडाैं । मानवअधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका तुलाधरको आइतबार दिउँसो निधन भएको हो । अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा रेफर गरिएको थियो । तुलाधर मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षीय तुलाधरको पौने एक बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    आइतवार, कार्तिक १८, २०७५