खेलकुद

  • नेपाल यू–१५ साफको सेमिफाइनलमा

    नेपाल यू–१५ साफको सेमिफाइनलमा

    काठमाडौं । नेपाल यू–१५ साफ च्याम्पियनसिपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेसँगै नेपाल समूहको एक खेल अगावै सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । यो समूहमा नेपाल, बंगलादेश र माल्दिभ्स छन् । माल्दिभ्सले दुवै खेलमा पराजय ब्यहोरेपछि नेपालसँगै बंगलादेश पनि सेमिफाइनलमा पुगेको […]

    आइतवार, कार्तिक ११, २०७५
  • पोखरा पछि विश्वकप ट्रफी आज बसन्तपुरमा

    पोखरा पछि विश्वकप ट्रफी आज बसन्तपुरमा

    काठमाडौं । आईसीसी वानडे विश्वकपको ट्रफी पोखरा रंगशालामा प्रदर्शन गरिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । शनिबार बिहान पोखरा पु¥याइएको ट्रफी केहिबेर फेवाताल परिसरमा राखेर पोखरा रंगशालामा पु¥याइएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए […]

    आइतवार, कार्तिक ११, २०७५
  • आज विराटनगर र धनगढी तथा बुटवल र पोखरा भिड्दै

    आज विराटनगर र धनगढी तथा बुटवल र पोखरा भिड्दै

    पोखरामा पीपीएलको रौनक कास्की । पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार पनि दुई वटा खेल हुँदैछन् । आज हुनेपहिलो खेलमा विराटनगर टाइटन्स र एक्सपर्ट धनगढी ब्लुज तथा दोस्रो खेलमा बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच खेल हुनेछ । यसअघि हिजो भएका दुई वटा खेलमध्ये काठमाडौं रोयल्स र बुटवल ब्लास्टर्सले जित हात पारेका छन् । शनिबार भएको दोस्रो […]

    आइतवार, कार्तिक ११, २०७५
  • विश्वकपको ट्रफी पोखरामा

    विश्वकपको ट्रफी पोखरामा

    काठमाडौं – आईसीसी विश्वकप ट्रफी टूरको कार्यक्रम आज पोखरा पोखरामा सञ्चालन हुँदैछ । ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । आज पोखरा प्रिमियर लिगको खेल हुने स्थल पोखरा रंगशालामा १२ बजे पुर्‍याइनेछ । त्यहाँ केही समय प्रदर्शनीमा राखिने र त्यसपछि दिउँसो दुई बजे फेवा तालस्थित ताल बाराहीमा राखिने आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । […]

    शनिबार, कार्तिक १०, २०७५
  • पीपीएल आजबाट, विराटनगर र पोखरा भिड्दै

    पीपीएल आजबाट, विराटनगर र पोखरा भिड्दै

    काठमाडौं । पोखरामा शुक्रबारबाट पोखरा प्रिमियर लिग शुरु हुँदैछ । क्रिकेटको ट्रफी भने विहीबार सार्वजनिक गरिएको हो । पोखराको फेवाताल किनारमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सबै टोलीका मार्की खेलाडीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । गोलाकार प्लेटमा सुन र चाँदीको लेपन लगाइएको छ । करिव तीन लाख लागतमा यो ट्रफी काठमाडौंमा बनाइएको आयोजकले […]

    शुक्रबार, कार्तिक ९, २०७५
  • पीपीएलको तयारी पूरा, शुक्रबारबाट खेल शुरु

    पीपीएलको तयारी पूरा, शुक्रबारबाट खेल शुरु

    काठमाडौं । पोखरामा आगामी शुक्रबारबाट शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल)को तयारी पूरा भएको छ ।  आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिताका लागि खेल मैदान र अन्य तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा सहभागिता जनाउने ६ टोलीले आफ्ना खेलाडीहरुको नाम समेत सार्वजनिक गरिसकेका छन् । प्रतियोगितामा एक्स्पर्ट धनगढी ब्लुज, विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा […]

    बुधबार, कार्तिक ७, २०७५
  • विश्वकप ट्रफी नेपाल ल्याइदैं

    विश्वकप ट्रफी नेपाल ल्याइदैं

    काठमाडौं । अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आईसीसी’ को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिनुभयाे । आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याउन लागिएको यो पहिलो पटक हो । फुटबल विश्वकपको ट्रफी भने यसअघि […]

    मङ्लबार, कार्तिक ६, २०७५
  • अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट सिरिज पाकिस्तानलाई

    अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट सिरिज पाकिस्तानलाई

    एजेन्सी । पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट सिरिज जितेको छ । शुक्रबार दोस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा अष्ट्रेलियालाई ३ सय ७३ रनले हराएर पाकिस्तानले सिरिज जितेको हो । आबुधाबीमा पाकिस्तानले दिएको ५ सय ३८ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको अष्ट्रेलिया १ सय ६४ रनमा अलआउट भयो । जितसंगै पाकिस्तानले दुई खेलको सिरिज १–० ले जितेको हो […]

    शनिबार, कार्तिक ३, २०७५
  • ए डिभिजन लिग : हिमालयन शेर्पा क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडे

    ए डिभिजन लिग : हिमालयन शेर्पा क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडे

    काठमाडौ । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । आज भएको पहिलो खेलमा हिमालयन र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका हुन् । यो बराबरीसंगै […]

    शुक्रबार, अशोज २६, २०७५
  • विश्वकप टि–२० छनोटः  उपाधि जित्ने दाउमा नेपाल, अन्तिम खेलमा अाज सिंगापुरको सामना गर्दै 

    विश्वकप टि–२० छनोटः  उपाधि जित्ने दाउमा नेपाल, अन्तिम खेलमा अाज सिंगापुरको सामना गर्दै 

    काठमाडौं । आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटको अन्तिम खेलमा शुक्रबार नेपालले सिंगापुरको सामना गर्दैछ । समान पाँच खेलमा जित हात पार्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको सिंगापुरलाई हराउँदै पहिलो स्थानमा रहेको नेपाल समूह विजेता बन्दै उपाधि जित्ने दाउका साथ मैदानमा उत्रिने छ । खेल नेपाली समय अनुसार दिउँसा सवा १२ बजे बाट मलेसियाको बायोमास […]

    शुक्रबार, अशोज २६, २०७५