खेलकुद

  • अन्तर्राष्ट्रिय क्रिकेट जितेको नेपाली टोलीलाई  विमानस्थलमा भब्य स्वागत

    अन्तर्राष्ट्रिय क्रिकेट जितेको नेपाली टोलीलाई विमानस्थलमा भब्य स्वागत

    काठमाडौ । एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । युएईको दुबईबाट सोमबार अपरान्ह स्वदेश फर्किएको नेपाली टोलीलाई रातो कार्पेटसहित भव्य स्वागत गरिएको थियो । नेपाली टोलीको स्वागतका लागी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना , खेलकुदमन्त्री जगत बिश्वकर्मा लगाएत विमानस्थल पुग्नुभएको थियो । त्यस्तै राखेपका सदस्य सचिव केशवकुमार […]

    सोमवार, माघ २१, २०७५
  • अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दै

    अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दै

    काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज अन्तिम खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग भिड्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो । खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ […]

    आइतवार, माघ २०, २०७५
  • युएईविरुद्धको टि–ट्वान्टी श्रृङ्खलाको दोश्रोँ खेलमा नेपाल ४ विकेटले विजयी

    युएईविरुद्धको टि–ट्वान्टी श्रृङ्खलाको दोश्रोँ खेलमा नेपाल ४ विकेटले विजयी

    युएईविरुद्धको टि–ट्वान्टी श्रृङ्खलाको दोश्रोँ खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । युएईले दिएको १ सय ८ रनको लक्ष्य खेल सकिन ३ बल बाँकी रहँदै ६ विकेटको क्षतिमा पुरा गरेपछि नेपाल ४ विकेटले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएइले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ७ रनमा समेटिएपछि […]

    शुक्रबार, माघ १८, २०७५
  • टि-२० को दोस्रो खेलमा आज नेपाल र युएई भिड्दै

    टि-२० को दोस्रो खेलमा आज नेपाल र युएई भिड्दै

    काठमाडाैं । नेपाल र युएईबीचको दोस्रो टि -२० खेल शुक्रबार हुँदैछ। पहिलो टि -२० मा २१ रनले हारेको नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज जोगाउन चाहन्छ। एक दिवसीय खेलमा सिरिज जितेको नेपालले पहिलो टि-२० मा भने युएईसँग स्तब्ध भएको थियो। युएईको दुबई मैदानमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ। तीन म्याचको सिरिजमा युएई […]

    शुक्रबार, माघ १८, २०७५
  • युएइसँग २१ रनले नेपाल पराजित

    युएइसँग २१ रनले नेपाल पराजित

    काठमाडौं । पहिलो टी–२० म्याचमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ । युएइले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेलेर १ सय ३२ रन मात्रै बनाउन सक्यो । आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । नेपालका […]

    बिहिबार, माघ १७, २०७५
  • युएइले दियो नेपाललाइ १ सय ५४ रनको लक्ष्य

    युएइले दियो नेपाललाइ १ सय ५४ रनको लक्ष्य

    काठमाडौं । पहिलो टी-२० म्याचमा यूएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । यूएईका लागि शैमन अन्वारले  ५९ रन बनाए । त्यस्तै मोहम्मद बुटाले २० रन बनाए । युएईका मोहम्मद उस्मान ३० र सीपी […]

    बिहिबार, माघ १७, २०७५
  • एक दिवसीय क्रिकेट वरियतामा नेपाल

    एक दिवसीय क्रिकेट वरियतामा नेपाल

    टी–२० सिरिज जित्नु अबको लक्ष्य काठमाडौं । नेपाल आईसीसीको एकदिवसीय क्रिकेट वरियतामा पहिलोे पटक स्थान बनाउन सफल भएको छ । सोमबार एकदिवसीय सिरिज जितेसँगै नेपालले वरियता क्रममा प्रवेश पाएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार राति सार्वजनिक गरेको वरियता क्रममा नेपाल परेको छ । वरियता क्रममा १५ रेटिङसहित १५२ अंकका साथ नेपाल वरियताको […]

    मङ्लबार, माघ १५, २०७५
  • नेपालको ऐतिहासिक जीत, कप्तान पारसको कीर्तिमानी शतक

    नेपालको ऐतिहासिक जीत, कप्तान पारसको कीर्तिमानी शतक

    हिमाल कोइराला । काठमाडौँ । नेपाल पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट श्रृङ्खलामा विजयी भएको छ । तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न युएई भ्रमणमा रहेको नेपालले घरेलु टोलीलाई २–१ ले पराजित गरेको हो । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले दोश्रँे खेलमा युएईलालाई १ सय ४५ रनको विशाल अन्तरले पराजित गरेको थियो । आज भएको […]

    सोमवार, माघ १४, २०७५
  • नेपाललाई सिरिज जित्ने ऐतिहासिक अवसर

    नेपाललाई सिरिज जित्ने ऐतिहासिक अवसर

    काठमाडौं । गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपाली क्रिकेट टोली यतिबेला एकदिवसीय सिरिज तथा ट–२० सिरिजमा व्यस्त बनेको छ । दोस्रो एकदिवसीय सिरिजका लागि संयुक्त अरव इमिरेट्स (यूएई) पुगेको नेपाली टोलीले तीन ओडीआई र तीन टी–२० गरी ६ वटा प्रतियोगिता खेल्ने छ । जसमा एक दिवसीय सिरिज अन्तर्गत दुई […]

    सोमवार, माघ १४, २०७५
  • भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने

    भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने

    चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ। त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गर्ने […]

    सोमवार, माघ १४, २०७५