आन्दोलनका नाममा अराजक बन्दै नेविसंघः पत्रकारमाथि कुटपिट, क्यामेरा समेत तोडफोड

title
मङ्लबार, अशोज १६, २०७५

चन्द्रकान्त जोशी । कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिक गर्न माग गर्दै आन्दोलित प्रदर्शनकारीले समाचार संकलनको क्रममा रहेका पत्रकार माथि आन्दोलनकारीले कुटपिट गरेका छन् ।

कञ्चनपुरकी निर्मला पन्तको साउन १० गते भएको बलात्कार पछि हत्या घटनाको छानविन गरी दोशीलाई कारवाहिको माग गर्दै नेपाल विद्यार्थी संघका कार्यक्रताले गरेको बन्दको समाचार संकलनका क्रममा रहेका पत्रकार चन्द्रकान्त जोशीमाथि तोडफोडको भिडियो नखिच्न र खिचेको भिडियो मेटाउन भन्दै कुटपिट गरी क्यामरा समेत तोडफोड गरेका छन् ।

पत्रकार जोशी सगरमाथा टेलिभिजनका  कञ्चनपुर सम्वाददाता रहेका उनले  भने ‘म शुरूदेखि आन्दोलनको भिजुअल खिचिरहेको थिए, आन्दोलनकारी सरकारी कार्यालय बन्द गराउँदै हिँडेका थिए, सरकारी वकिल कार्यालयमा तोडफोड गर्दा ममाथि हातपात मात्रै भएन क्यामेरा पनि तोडे ।’

आन्दोलनकारीले जिल्लामा रहेको सरकारी कार्यलयहरुले बन्द अबज्ञा गरको भन्दै विभिन्न सरकारी कार्यालयमा गई तोडफोड पनि गरेका छन् ।

साथै आन्दोलनकारीले जिल्ला सरकारी वकिल कार्यालयको सरकारी वकिल खेमराज भट्टले चढ्ने गाडि नं. बा २ झ २७१५, कम्युटर, तथा अन्य भौतिक सामाग्रीहरु तोडफोडका साथै कार्यालयका सुचना अधिकारी कृष्ण दत्त भट्ट, कार्यालय सहयोगी धनविर भाट लाई पनि कुटपिट गरेका छन् ।