बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा

title
सोमवार, अशोज ८, २०७५

सिभिलका अध्यक्ष इच्छाराज तामाङको मनोमानी

काठमाडौं । चिकित्सा क्षेत्रमा चर्चित नाम हो डा.अरुणा उप्रेती, सुविधा सम्पन्न आबास भन्दै विज्ञापन आएपछि केहि बर्ष अघि डा. उप्रेतीले सिभिल होम्सको फेज ३ मा घर खरिद् गरिन् । तर, जब घरमा बस्न सुरु भयो बल्ल सिभिल होम्स्ले ठगेको महशुस भयो उनलाई ।

घर खरिद गरेको बर्षौं वितेपनि उनले न त कानुनी रुपमा निर्माण सम्पन्न कागज नै पाएकी छिन् नत सम्झौता बमोजिम काम नै भएको छ । डा. अरुण उप्रेतीको पीडा यतिमा मात्र सिमित छैन, आफूहरु ठगीएको भन्दै सिभिल होम्स विरुद्ध आवाज उठाउँदा उल्टा अपराधीको जस्तो व्यवहार सहनु प¥यो ।

इच्छाराज तामाङ

डा. उप्रेती मात्र होइन, सिभिल होम्सकै घर खरिद गरेर बसेका रुम टु रिडका अध्यक्ष दिनेश श्रेष्ठको दुख झन ठुलो छ । उनि भन्छन् – हामी जस्तो बुझेका बर्ग त सिभिल होम्सबाट ठगीएका छन् भने अरुको हालत के होला ? यता मर्कामा परेको पक्षबाट एक बर्षदेखि बहस गरिरहेका ललितपुर बार एशोसियसनका अध्यक्ष तथा अधिवक्ता दिपककुमार विष्ट सिभिल होम्सले घर खरिदकर्तालाई मर्कामा पार्दै आएको बताउँछन् ।

हुनपनि सिभिल होम्सको हाउजिङमा घर किनेका अधिकांश खरिदकर्ताको गुनासो यस्तै छ । आफूहरु अन्यायमा परेपछि यीनिहरुले न्यायका लागि विभिन्न निकाय धाए तरपनि कहीं कतैबाट गुनासो सुनुवाई भएन ।

मापदण्ड मिचेर घर निर्माण

२०६२ सालदेखि निर्माण सुरु गरिएको सुनाकोठीस्थित सिभिल होम्स तेस्रो फेजमा काठमाडौं उपत्यका विकास प्राधिकरणले १९१ निर्माण गर्ने अनुमति दिएको थियो । तर, कम्पनीले त्यहाँ १९६ घर बनाएको छ ।

ती घरहरु सरकारी मापदण्ड मिचेर बनाइएका हुन् । बास्तविकता बुझन् हामीले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सँग सम्पर्क ग¥यौं तर, उनि प्रतिक्रिया दिन मानेन ।

विस्तृत खुलासा भिडियो रिपोर्टबाट…