द एसिया प्यासिफिक समिटको विरोधमा हिन्दू महासंघ

title
बिहिबार, मंसिर १३, २०७५

कार्यक्रम धर्म परिवर्तन गराउने उद्देश्यमा प्रेरित रहेका आरोप

काठमाडौं । काठमाडौँमा हुन लागेको ‘द एसिया प्यासिफिक समिट २०१८’को कार्यक्रम धर्म परिवर्तन उद्देश्यले गर्न लागीएकोे भन्दै विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले निन्दा गरेको छ ।

महासंघले हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी सरोकारवालाहरुको विरोध पश्चात सरकार सम्मेलनको सह–आयोजकवाट पछि हटेजस्तै मात्रै गरी जनताको आ“खामा छारो हाल्ने काम गरेको आरोप लगाएको छ । सरकार सह–आयोजकको भुमिकामा नरहेको भएपनि प्रधानमन्त्री, मन्त्रीहरु लगायतको संलग्नता र पुर्व निर्धारित कार्यक्रमहरु यथावत रहेको भन्दै महासंघले कडा आपत्ति जनाएको छ ।

निश्चित धर्म प्रचारका लागि सम्मेलन हुन लागेको भन्दै ‘जो रक्षक उही भक्षक’ भने जस्तै भुमिकामा हाल सरकार देखिएको विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय नेपालकी महासचिव अस्मिता भण्डारीले आरोप लगाउनुभयो ।

रकार विदेशीको प्रभावमा परी ९४ प्रतिशत भन्दा बढी हिन्दुधर्मालम्बी रहेको राष्ट्रकै सनातन देखी चलिआएको धर्म, संस्कृति र परम्परा, सभ्यता र देशको स्वाधिनताको अवहेलना गर्न लागी परेको महासंघको आरोप छ ।

क्रिश्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिर्भसल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले मंसिर १४ देखि १७ गतेसम्म प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौंमा सम्मेलन गर्न लागेको छ ।