जाजरकोट पहिरो, ज्यान गुमाउनेको संख्या ७ पुग्यो

title
आइतवार, साउन २०, २०७५

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ मा ठाँटी बजारमा पहिरोले दुई घर पुरिँदा ७ जनाको मृत्यु भएको छ ।

पहिरोले स्थानीय तीर्थ राज बोहराको घर पुरिंदा उनकी छोरी ५ बर्षीय नज्मा बोहराको मृत्यु भएको हो भने उक्त घरमा डेरा गरी बस्ने एकै परिवारका ४ जनाको समेत ज्यान समेत गएको छ । ज्यान गुमाउनेमा २५ बर्षीय सितला लुहार, उनकी छोरी ६ बर्षीय छोरी सम्झना, ३ बर्षीय मनिसा, ९ बर्षीय भगवती विकको मृत्यु भएको हो ।

उनका पति ३५ बर्षीय लालबहादुर लुहारको भने जिवितै उद्धार गरीएको छ । उनको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै स्थानीय जीतबहादुर सुनारको घर पहिरोले पुरिँदा ४ जना वेपत्ता भएका छन् । पहिरोमा पुरिएर वेपत्ता भएका १२ बर्षीय गोविन्द परियार, ६ बर्षीय दशरथ परियार, १२ बर्षीय नरेन्द्र परियार र १० बर्षीय नबीन परियारको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएकाहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले खोजी जारी राखेका छन् । अविरल वर्षा कारण ठाँटीबजार आसपासका १७ वटा घर पहिरोको जोखिममा रहेका छन् ।