मनाङ्गमा स्वयंसेवी रक्तदाता समाज गठन

title
सोमवार, भदौ २५, २०७५

मनाङ्ग । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा ङावल मनाङ्गमा नेपाल स्वयंसेवी रक्तदाता समाज मनाङ्ग जिल्ला शाखा गठनार्थ स्थानिय जन प्रतिनिधिका साथै स्थानीय एक भेलाको आयोजना गरि सम्पन्न गरिएको छ ।

साथै उक्त जिल्ला भेलाले स्थानिय स्वयंसेवी रक्तदाता मुखिया एन.लामाको संयोजकत्वमा नेपाल स्वयंसेवी रक्तदाता समाज मनाङ्ग जिल्ला तदर्थ समिति सर्वसम्मत गठन गरेको छ । समाजका पदाधिकारीहरुमा कृष्ण लामा, सोनाम घले, टासी गुरूङ्ग, नुमनाथ उपाध्याय, बृषे घले, लोप्साङ्ग गुरूङ्ग, क्ष्युँदा गुरूङ्ग, ताता गुरूङ्ग, वाङ्गेल घले र भिम तामाङ रहनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रेमसागर कर्माचार्यलाई स्थानीय पोशाक बक्खु लगाइदिएर सम्मान समेत गरिएको थियो । मनाङ्गमा हालसम्म रक्तदान सम्बन्धि जनचेतना कुनै पनि निकायद्वारा फैलाएको जानकारि नभएको र नेपाल स्वयंसेवी रक्दाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य स्वयं उपस्थित हुनुभई जानकारी समेत हाँसिल गर्ने मौका पाएकोमा स्थानीयहरूले खुसी ब्यक्त गरेका थिए ।

मनाङ्ग जिल्ला पनि संवयंसेवी रक्तदाताहरूको राष्ट्रिय सञ्चालमा जोडिन पाएकोमा नेपाल स्वयंसेवी रक्तदाता समाजका मनाङ्ग जिल्ला शाखा संयोजक मुखिया एन. लामाले खुसी व्यक्त गर्नुभयो ।