मनोहरा नगरपालिकाले प्रहरीलाई दियो १८ थान सिसीटिभी

title
सोमवार, मंसिर १७, २०७५

काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकाले अपराध न्यूनिकरण तथा घटनाको अनुसन्धानमा सघाउ पुरयाउन महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई शनिबार १८ वटा सिसिटिभी र एकथान कम्प्युटर मनिटर हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर मातहत रहने प्रहरी प्रभाग काँडाघारीलाई समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ती सुरक्षासम्वन्धि उपकरण प्रदान गरिएको हो ।

नगरप्रमुख कृष्णहरि थापाले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक एसएसपि बसन्तकुमार लामालाई करीव ११ लाख मुल्य बराबरको १८ थान सिसिटिभि क्यामेरा र एकथान कम्प्युटर मनिटर हस्तान्तरण गरे ।

प्रहरी प्रभाग काँडाघारीमा मनिटर रहने र कागेश्वरी मनोहराको ९ नं वडाका विभिन्न व्यस्त चोकहरुमा ती १८ वटा सिसिटिभि जडान गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा नगरप्रमुख थापा, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपि) लामा, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्ले, कागेश्वरी मनोहरा नगरपालिका ९ नं वडाअध्यक्ष कुन्दन खड्का तथा काँडाघारी प्रभाग प्रमुख प्रहरी निरीक्षक सुधिर राईले बोलेका थिए ।