यस्तो बन्दैछ नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

title
मङ्लबार, अशोज १६, २०७५

काठमाडाैं । उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पुसदेखि निर्माण हुने भएको छ । ४२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने सरकारको योजना छ ।

१६ अर्ब ५९ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको सुरुङ मार्गको कुल लम्बाइ २.६८८ किलो मिटर छ । त्यस बाहेक २.४५ किलो मिटर भने सडकको भाग हुनेछ । जापाल सरकारको सहयोगमा निर्माण हुने छ । ४० वर्ष सम्म नेपालले जापानलाई ऋण चुक्ता गर्नुपर्ने अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ । ।