प्रहरीमा ७ हजार बढी पदमा जागिर खुल्यो (विज्ञापन सहित)

title
सोमवार, अशोज १५, २०७५

काठमाडाैं – नेपाल प्रहरीले प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीलगायत पदहरुमा भर्ना आह्वान गरेको छ । ७ हजारभन्दा बढी रिक्त दरबन्दीमा भर्नाको लागि आह्वान गरिएको हो ।

प्रहरी निरीक्षकमा १०८, प्रहरी सहायक निरीक्षकमा ५ सय २४ र प्रहरी जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

यस्तै खेलाडीको लागि कार्यालय सहयोगीतर्फ ३० जनालाई भर्ना गरिनेछ । दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।