भुकम्पको केन्द्रविन्दु बारपाकमा प्रभु बैकको नयाँ शाखा शुरु

title
शनिबार, पुस १४, २०७५

गोरखा । प्रभु बैकले गोरखाको बारपाकमा शाखा कार्यालय स्थापना गरी बैकिङ कारोबार शुरु गरेको छ । आजबाट शुरु भएको बारपाक शाखाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।

बैकको शाखा उद्घाटन गर्दै नेता श्रेष्ठले २०७२ सालको महाभुकम्पको केन्द्र बारपाकमा सेवा शुरु गरेकोमा बैकलाई धन्यवाद दिए । त्यस्तै पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले बारपाकका भूकम्प पिडितहरुलाई सहुलियत ब्याजदरमा भूकम्प पिडित कर्जा प्रवाह गर्न सहयोग हुने बताए ।

त्यस्तै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउन गाउँगाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको बताए । कार्यक्रममा बारपाकका ५ जना भुकम्प पिडितहरुलाई बैंकको तर्पmबाट सहुलियत ब्याजमा भुकम्प पिडित घरकर्जा स्वीकृत गरी हस्तान्तरण गरिएको थियो ।