नेपाल–भारत सिमाका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैकको कारोबार शुरु

title
बुधबार, मंसिर १९, २०७५

काठमाडौँ । प्रभु बैंकले नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा काउण्टर खोली बैंकिङ कारोवार सुरु गर्ने भएको छ ।

झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा कार्यालय सुरु गर्न लागेको हो ।

ती कार्यालयहरुमा अर्को हप्ता देखि बैंकका काउण्टर सञ्चालनमा ल्याईने बैंकले जनाएको छ । बैंक सञ्चालनमा आएपछि ती क्षेत्रमा आयात निर्यातको क्रियाकलाप बढ्ने तथा राजस्व संकलनमा वृद्धि हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।