Pulsar NS 160 TD बजारमा, कति पर्छ मूल्य ?

title
बुधबार, कार्तिक २१, २०७५

काठमाडौं । बजाज मोटरसाइकलले नेपालको लागि आधिकारिक विक्रेता एचएच बजाजले अल न्यु बजाज पल्सर एनएस १६० ट्वीन डिक्सलाई नेपाली बजारम बिक्री सुरु गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्सले डिजाइन, गुणस्तर र उत्कृष्ट इन्जिन टेक्नोलोजीले गर्दा बजाजका मोटरसाइकल धेरैको रोजाईमा परेको बताउनुभयो । गोल्छाका अनुसार बजाजले आफ्ना उत्पादनमा गरेको प्रबिधीको प्रयोगको कारण यसले सधैँ आफुलाई अब्बल प्रमाणित गर्दै आएको छ ।

कति पर्छ मूल्य ?
अप्टिमाइजेसनका साथ नोइज, भाइब्रेसन र हार्सनेस लेभलमा पनि सुधार गरिएको पल्सर एनएस १६० टिडीको मूल्य दुई लाख ८६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।