मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट

title
आइतवार, अशोज २१, २०७५

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपालबाट पहिलो पटक सहभागिता जनाएका नेपाली युवा खेलाडी सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले अझै पनि पछ्याइरहेको छ ।

इपीएलमा शानदार प्रदर्शन गरेका सन्दीपले क्रिकेटमा निकै नै सफलता बटुल्दै गइरहेका बेला उनलाई थप उर्जा दिने काम दिल्लीले गर्दै आएको छ । बुधबार मलेसियाविरुद्ध भएको खेलमा सन्दीपले शानदार पाँच विकेट लिएपछि दिल्लीले ट्वीट गर्दै लेखेको छ–


यसरी सन्दीपको सफलतामा आम नेपालीले शुखी व्यक्त गरिरहँदा दिल्लीले समेत उनको आगामी खेलमा उर्जा थप्न गरेको ट्वीटले आगामी आइपीएलको संस्करणमा समेत दिल्लीले आफ्नो टिममा पुनः भित्र्याउने आशय व्यक्त गरेको बुझिएको छ ।

मलेसिया विरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिदाँ सोमपाल कामीले ३ र खड्काले १ विकेट लिए । मलेसियाको ब्याटिङ इनिङ्स ध्वस्त पार्न एक्लै ५ विकेट लिएका सन्दीपको यो टी २० क्रिकेटको करियरकै उत्कृष्ट प्रर्दशन समेत बन्यो ।

साथै नेपालबाट टी–२० क्रिकेटमा एक्लै एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बन्ने कीर्तिमान राखे । यस अघि बसन्त रेग्मी र शक्ति गौचनले एकै खेलम ४–४ विकेट लिँदा ५ विकेट कसैले लिन सकेका थिएनन् । लिस्ट ए मा भने सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले एक्कै खेलमा ५–५ विकेट लिएका छन् ।