टी–१० लिगः २ ओभरमा सन्दीपले लिए ३ विकेट

title
बिहिबार, मंसिर ६, २०७५

काठमाडौं । यूएईमा जारी टि–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित युवा लेग स्पिनर सन्दिप लामिछानेले सानदार शुरुवात गरेका छन् ।

केरला किंग्सबाट पहिलो खेल खेलेका सन्दिपले आफ्नो दुई ओभरको स्पेलमा १७ रन खर्चिएर तीन विकेट हात पारे । सन्दिपले पहिलो ओभरमा १० रन खर्चिएर दु्ई विकेट लिए ।

पहिलो ओभरको पहिलो बलमा नै एन्ड्रयु फ्लेचरलाई आउट गरे भने पहिलो ओभरको अन्तिम बलमा कोलिन इन्ग्रामलाई शिकार बनाए । त्यस्तै सन्दिपले दोश्रो ओभरमा सात रन खर्चिए र चौंथो बलमा मुहमद खलिलाई पेबिलियनको बाटो देखाईदिए । सन्दिपको बलमा पाक्टुन्सका ब्याट्सम्यानहरुले मात्र एक चौका र एक छक्का प्रहार गरे ।

प्रतियोगिताको पहिलो खेलमा शहिद अफ्रिदीको कप्तानीमा रहेको पख्तुन्सलाई अवेन मोर्गन कप्तानीको डिफेन्डिंग च्याम्पियन केरला किंग्सले सजिलै पराजित गर्यो । यो खेलमा सन्दिप प्लेयर अफ द म्याच चुनिए । यसअघि मङगलबार सन्दीप पाकिस्तान सुपर लिगसँग आबद्ध भएका थिए ।