प्रदेश नम्बर १ मा ट्रिप्पर सञ्चालनमा कडाइ

title
आइतवार, पुस १, २०७५

ध्रुव ढकाल

सुनसरी । ट्रिप्परका कारण सड्क दुर्घटना वढेको भन्दै एक नम्वर १ प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले ट्रिपर संचालनमा आजदेखि कडाइ गरेको छ ।

१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले पौष १ गते देखि १ नं. प्रदेश अन्तर्गत रहेका मुख्य राजमार्ग तथा सहायक राजमार्गमा सुरक्षा एवं ट्राफिक आवागमनलाई केन्द्रित गरी विहान ९ वजे देखी ११ बजे सम्म र बेलुका ३ वजेदेखी ५ बजे सम्म पिक आवर समयमा ट्रिपर संचालनमा पूर्ण रुपमा रोक लगाएको हाे ।

निमार्ण समाग्री वोक्न प्रयोग हुने यो सवारीसाधनका कारण पछिल्लो समय निकै सडक दुर्घटना वढेको भन्दै ट्राफिक प्रहरीले यस्तो निर्णय गरेको वताएको छ । पुष १ गतेदेखी निषेध गरिएको समय सिमाभित्र ट्रिपर एक नम्बर प्रदेशको कोशी राजमार्ग,पुर्वपश्चिम राजमार्ग तथा भित्रि सड्कमा समेत सञ्चालनमा रोक लगाईएको छ ।

पुर्वको व्यस्त शहरुहरु विराटनगर,इटहरी, धरान, इनरुवा,धनकुटा,दमक ,विर्तामोडलगायत प्रदेश न १ को शहरहरु तथा गाउँका भित्रिवाटाहरुमा निषेधित समयमा ट्रिपर कुद्न नपाउने १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनकारी दिएको छ ।