विश्व प्रजातान्त्रिक युवा सम्मेलनमा नेपालबाट कार्की र थपलिया

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौं । प्रजातान्त्रिक पार्टी आबद्ध युवा नेताहरुको बिश्व सम्मेलन फिनल्याण्डको राजधानी हिल सिन्किमा चलिरहेको छ । बिश्वकै प्रजातान्त्रिक मुलकका युवा नेताहरुको सहभागिता रहेको चार दिने सम्मेलनमा प्रजातन्त्रमा युवाहरुको भूमिकाको बारेमा छलफल भएको छ ।

सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सचिव हिक्मतजंग कार्की र सागर थपलियाले प्रतिनिधित्व गरेका छन् । कार्कीले नेपालको तर्फबाट नेपालको समसामयिक राजनीतिक अवस्था, मानवअधिकार र प्रजातन्त्रको बारेमा युवाहरुको तर्फबाट धारणा राख्नुभएको छ ।

नेपालका युवाहरुको अवस्था, भोग्नु परेका समस्या र बेरोजगारीको अवश्थाको बारेमा पनि कार्कीले जानकारी गराउनु भएको छ । उहाँले नेपालमा भई रहेको बिकासको अवस्था र आर्थिक समृद्धिको सम्भावना र चुनौतिको बारेमा पनि धारणा राख्नु भएको थियो ।

सम्मेलनमा बिश्वका एकसय भन्दा बढी मुलुकका युवाहरुको सहभागिता छ । लेबनान अध्यक्ष रहेको युवाहरुको सम्मेलनले नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । सम्मेलनले फिनल्याण्ड घोषणापत्र जारी गर्ने छ ।