
काठमाडौं। आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलाको एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।