जोडिनुहोस
  • होमपेज
  • अध्यादेशविरुद्ध कांग्रेसकै नेता, मीन विश्वकर्मा भन्छन्- यही अवस्थामा पारित हुँदैन

अध्यादेशविरुद्ध कांग्रेसकै नेता, मीन विश्वकर्मा भन्छन्- यही अवस्थामा पारित हुँदैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएका अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् । सोमबार रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा कांग्रेससँग छलफल गरे पनि संसद्‍मा लैजाँदा पार्टीहरूबीच असन्तुष्टि आउँदा पारित नहुने अवस्था आएको बताए । विश्वकर्माले अहिलेको गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने दाबीसमेत गरे ।

नेता विश्वकर्माले पछिल्लो समय कांग्रेस चलयामान बन्दै गइरहेको पनि बताए । अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा निरन्तर कार्यक्रमहरू भइरहेको उहाले बताए । कांग्रेसको महाधिवेशनसम्बन्धी सञ्चारकर्मीको प्रश्नमा विश्वकर्माले तोकिएको समयमै महाधिवेश हुने बताउँदै अहिले पार्टिभित्रका गुट तथा पक्ष अब नहुने तर्क गरे । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडीसहितको वैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरी मात्रै रहेको बताएका छन् ।

धेरै टिप्पणी गरिएका