
काठमाडौं। अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । विपद् कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको मन्त्रालयले आज प्रेस नोटमार्फत जानकारी दिएको हो ।
गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षा तथा बाढी/पहिरो र डुबानबाट क्षति भएपछि असोज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयबाट विपद् कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।