जोडिनुहोस
  • होमपेज
  • आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर

आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर

काठमाडौँ । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सय अङ्कित दरमा ५१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले आइपीओ बिक्रीका लागि लक्ष्मी सनराइज (एलएस) क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ।

जसका लागि कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठकाबीच कम्पनीको कर्पोरेट कार्यालय कुपन्डोल, ललितपुरमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

झ्यामोलोङ्गमा हाइड्रोपावरले ३२ मे.वा. क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका