जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • आईसीसी यू१९ महिला टी२० विश्वकपमा नेपाल वेष्ट इन्डिजसँग पराजित

आईसीसी यू१९ महिला टी२० विश्वकपमा नेपाल वेष्ट इन्डिजसँग पराजित

काठमाडौं। आईसीसी यू१९ महिला टी२० विश्वकपको तयारी स्वरूप आज भएको पहिलो अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग जितनजिक पुगेर पराजित भएको छ । मलेसिया स्थित कोलेज तुन्कु जाफार मैदानमा भएको खेलमा नेपाल ९ रनले पराजित भएको हो । वेष्टइन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल ५ बल अगावै १०० रनमा अलआउट भयो।

सिमाना केसीले २३ तथा किरण कुँवर र कप्तान पुजा महतोले समान १८ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । ५४ रनमा ६ विकेट गुमेपछि किरण र सिमानाले ३० रनको साझेदारी गरेका थिए तर पर्याप्त भएन । ९८ रनको स्कोर हुँदा सिमाना पनि आउट भएपछि वेष्ट इन्डिज फेरि खेलमा फर्किएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाउँदै नेपाललाई ११० रनको लक्ष्य दिएको थियो ।जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । त्यस्तै कप्तान समारा रमनथले २५ रन बनाउँदा अबिगेल ब्राइसले १९ रन बनाइन् । नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक–एक विकेट लिए ।

नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ । जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू–१९ महिला टी२० विश्वकपमा समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।

धेरै टिप्पणी गरिएका