जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३१ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल चैत १३ गते मंगलबारको राशिफल

आज २०८० साल चैत १३ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। ठुला काममा हात लगाउनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सेवा गर्ने मौका मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। परिवारको माया प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः समय राम्रो छ। श्रमको मूल्य प्राप्त हुनेछ। शेयरमा लगानी भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। परिवारबाट सहयोग मिल्नेछ।

मिथुनः दैनिकी राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग रहेको छ। धर्ममा मन जानेछ। साथी सकारात्मक छन्। लगानीका क्षेत्रमा जोखिम बढ्नसक्छ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कटः दैनिकी राम्रो छ। एक साथ दोहोरो लाभ मिल्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारमा व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। साथी र बन्धुले साथ दिनेछन्।

सिंहः आजको दैनिकी राम्रो छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। परिवारको माया निरन्तर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग संगत हुनेछ।

कन्याः समय सामान्य छ। लाभ र हानी बराबर जस्तै हुने दिन छ। समस्या विस्तारै किनारा लाग्नेछन्। शिक्षामा गरेको लगानीको प्रतिफल मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः आजको दिन राम्रो छ। आफूलाई केन्द्रमा राखेर काम गर्नु राम्रो हुन्छ। पुरानो गल्तीले दुःख दिन योग भने कायमै देखिन्छ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए सचेत हुनुपर्ने दिन छ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

वृश्चिकः दैनिकी राम्रो छ। मनमा शान्ति मिल्नेछ सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दैनिकी राम्रो छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। अरुलाई प्रभावित पार्नसक्ने क्षमता देखिने छ। शिक्षा क्षेत्रको लगानी फस्टाउने योग छ। आफन्त र परिवारको साथ रहनेछ।

मकरः दिन राम्रो छ। बिना प्रतिस्पर्धा फाइदा होला। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानी सन्तोषजनक नहुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः सचेत भएर काम गर्नुपर्ने दिन छ। निर्णय लिन नसक्दा घाटा हुनेछ। आर्थिक र सामाजिक क्षेत्र अब्बल छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ।

मीनः समय राम्रो छ। रोकिएको काम बन्नेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। सञ्चित धन खर्च गर्नुपर्ने हुनसक्छ। सिर्जनात्मक क्षेत्रमा मन जानेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका