जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ४ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

मेषः आफ्नै कामको सुरुवात गर्नुपर्ने दिन छ। काम गर्ने हिम्मत नगरे घाटा हुनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृषः साथीको सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीभाइ तपाईंप्रति सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो भविष्य निर्माण गर्ने दिन हो।

मिथुनः धन प्राप्त हुने योग छ। लगानीबाट वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। मिठो खान पाउने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कटः तपाईंका साथी गलत कामको पर्खाइमा बसेका छन्। खर्च बढ्ने योग रहेको छ। स्वास्थ्यमा राम्रो छ। शिक्षामा प्रगति हुनेछ। परिवारको साथ निरन्तर मिल्नेछ।

सिंहः कर्मको फल प्राप्त गर्ने योग छ। लामो समयदेखि रोकिएको काम बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कन्याः यात्रा रमाइलो बन्नेछ। परोपकार गर्नु राम्रो हुन्छ। शिक्षामा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने फाइदा हुनेछ। नयाँ कामको सुरुवात हुनेछ।

तुलाः सामाजिक क्षेत्रमा मानसम्मान मिल्नसक्छ। परिवारको साथ मिल्नेछ। समाजसेवा र धर्मममा मन जानेछ। यात्रा रमाइलो हुनेछ।

वृश्चिकः अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन हो। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। अल्छीपनले आफूलाई नै घाटा हुनेछ।

धनुः आर्थिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै सम्भावना देखिन्छ। छोटो यात्रा फलदायी हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

मकरः रोकिएको काम बन्नेछ। भाग्यको उदय हुने दिन हो। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। सोचेको काम बन्ने योग छ। आफन्तले सहयोग गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध राम्रो छ।

मीनः आम्दानी भन्दा खर्च बढी हुने योग छ। साथीहरुले कुरा काट्ने भएकाले बोल्दा ख्याल गर्नुहोला। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जोगिएर व्यवहार गर्नु राम्रो हुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका