जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १0 मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल चैत १८ गते आइतबारको राशिफल

आज २०८० साल चैत १८ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः निर्णय गर्नुअघि विवेक प्रयोग गर्नुपर्ने दिन छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ। हरेक काममा परिवारको सहयोग मिल्नेछ।

वृषः यात्रा सुखद् र रमाइलो हुनेछ। साथीबाट सहयोग मिल्नेछ। खानपानमा सचेत हुनु फाइदा हुन्छ। परिवारबाट राम्रो साथ मिल्नेछ। व्यापार र वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुन्छ।

मिथुनः सिर्जनात्मक बन्ने दिन छ। नयाँ ठाउँको घुमघाम रमाइलो हुनेछ। धर्ममा मन जानेछ। नयाँ साथीसँगको भेटले रमाइलो अनुभूति हुनसक्छ। व्यापारी साथी सकारात्मक छन्। परिवारको साथ प्राप्त हुनेछ।

कर्कटः यात्रा फलदायी हुनेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध कसिलो हुने दिन छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।

सिंहः शिक्षा भन्दा राजनीतिक क्षेत्रमा मान प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा भने आलोचनाको जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कर्म क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ।

कन्याः परिश्रमको फल प्राप्त हुनेछ। कर्म क्षेत्रमा राम्रो प्रभाव रहने छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

तुलाः प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। शिक्षा र रोजगारीका क्षेत्रमा लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला।

वृश्चिकः सम्भावनाका ढोका खुल्ने दिन छ। अवसर अगाडि देखेपछि मन खुशी हुनेछ। रमाइलो यात्राको योग छ। आफ्नो क्षेत्रमा बोलीको प्रभाव रहने छ। परिवारको प्रेम निरन्तर रहनेछ।

धनुः तपाईंले गरेको कामको चर्चा हुनेछ। आफ्नो जिद्धिपनलाई कम गर्नु राम्रो हुन्छ। कर्मको फल प्राप्त गर्न सहज हुनेछ। बोलीको प्रभाव रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः रमाइलो यात्राको योग छ। यात्रामा भएको निर्णयले ठुलो फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। कामममा तपाईंको मूल्यांकन हुनेछ। परिवारको माया प्राप्त हुनेछ।

कुम्भः विभिन्न अवसर प्राप्त हुनेछन्। धार्मिक कार्यमा मन जानेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

मीनः समय राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ। झुक्याउने साथीसँग सचेत हुनुपर्छ। सहयोग गर्ने साथीको संख्या पनि उत्तिकै छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका