जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५२ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल पुस २६ गते बिहीबारको राशिफल

आज २०८० साल पुस २६ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः बोलीमा मोहनी छ। बोल्दा सबैको कल्याण हुने शब्द बोल्नु होला। लामो यात्राको योजना भए स्थिगित गर्नु राम्रो हुन्छ। देश निर्माण गर्ने परिकल्पना गर्नु भए हुन्छ। पारिवार सँगको सम्बन्ध राम्रो छ।

वृषः शिक्षा र स्वास्थ्यको क्षेत्र सबल छन्। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। भूमी सम्बन्धी कारोबार नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नाले धोका हुने योग रहेको छ। प्रेममा खटपटी आउने देखिन्छ।

मिथुनः दैनिकी राम्रो छ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। खानपानमा ख्याल गरे यो समस्याको समाधान हुनेछ। आर्थिक र शिक्षा क्षेत्रका लागि यो राम्रो समय हो। परिवारसँगको सम्बन्ध सुमधुर देखिन्छ।

कर्कटः दिन सामान्य छ। सबै काममा सफलता प्राप्त गर्न गणेश भगवानको अर्चना गर्नु राम्रो हुन्छ। गणेशको पूजा गर्दा दुबोको प्रयोग गर्नु राम्रो हुन्छ। परिवारको विश्वास गर्दा धोका भएको अनुभव हुन्छ।

सिंहः दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा बाधा देखिए पनि शिक्षाको क्षेत्रमा उपलब्धि हात लाग्नेछ। परिवारमा झुटको रहस्य खुल्ने भएकाले विवाद हुनसक्छ।

कन्याः सबै क्षेत्र सबल छन्। लामो यात्रा नगर्नु राम्रो हुन्छ। कामको सुरुवात गरेमा दीर्घकालीन सफलता मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग रहेको छ।

तुलाः समय राम्रो छ। स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। राजनीतिक लगानीबाट मानसम्मान प्राप्त हुनेछ। बन्धु र परिवारबाट राम्रो साथ मिल्नेछ।

वृश्चिकः दैनिकी सामान्य छ। हरेक कार्यमा बाधा र विरोधको योग रहेको छ। तपाईंको बोलीका कारण ठुलो दुर्घटना टर्ने देखिन्छ। परिवारको साथ र सहयोग राम्रो छ।

धनुः आजको दिन राम्रो छ। भाग्यको उदय हुनेछ। स्वास्थ्य र शिक्षा क्षेत्र राम्रो छ। साथीभाइको साथ मिल्नेछ। व्यापार गर्ने भए आफूलाई मन परेको क्षेत्र छान्नु राम्रो हुन्छ। परिवारको साथ नमिल्ने देखिन्छ।

मकरः समय सामान्य छ। लचिलो व्यवहार आजको आवश्यकता हो। खुशी अनुहारका साथ काम गर्न सके नाम र दाम दुवै प्राप्त हुने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

कुम्भः दिन सामान्य छ। साना कुरामा बोझको सामना गर्नुपर्ने हुनसक्छ। बिहानै पिपलको दर्शन गरेर काम थालेमा दिन सुखमय बन्नेछ। परिवारको मन जित्न भने गाह्रो पर्ने देखिन्छ।

मीनः समय राम्रो छ। शिक्षा र स्वास्थ्यका क्षेत्र सबल छन्। गुरुबाट साथ मिल्नेछ। अचानक धन खर्च हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका