जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • आज २०८० साल पुस २७ गते शुक्रबारको राशिफल

आज २०८० साल पुस २७ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। आरामदायी बसोबास हुनेछ। मिठो खान पाइने छ। सन्चित धन खर्च हुने देखिन्छ। विद्वानबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुन्छ। परिवारमा भने विश्वासको खडेरी देखिन्छ।

वृषः सामाजिक क्षेत्र सबल छ। शिक्षामा उन्नति हुनेछ। परिवारबाट खुशी मिल्नेछ। आर्थिक क्षेत्र राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दैनिकी सामान्य राम्रो छ। परिवारमा शंका उपशंका उठ्न सक्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कटः दिन राम्रो छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नुपरेमा गति सीमित गर्नुपर्छ। दुर्घटनाको जोखिम हुने योग भएकाले यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ।

सिंहः दिन सामान्य राम्रो छ। परिवारमा एक्लै निर्णय गर्न खोज्दा समस्या हुनसक्छ। शिक्षाको क्षेत्रबाट उपलब्धि प्राप्त हुनेछ।

कन्याः अचानक चिट्ठा पर्ने सम्भावना देखिन्छ। आफूले आफूलाई सुधार गर्नुपर्ने दिन हो। बोली वचनमा ख्याल गरेमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध राम्रो छ।

तुलाः समय राम्रो छ। प्रतिस्पर्धा गर्नेहरु सूर्य उदयपछिको अध्यारो भागेजस्तै हराउने देखिन्छ। बन्धुबाट सहयोग हुनेछ। शिक्षाको लगानीले फाइदा दिनेछ।

वृश्चिकः दैनिकी सामान्य छ। पश्चिम तर्फको यात्रा नगर्नु राम्रो। तीव्र गति आजको लागि राम्रो नहुन सक्छ। परिवारको साथ भने निरन्तर पाउने योग रहेको छ। प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

धनुः स्वास्थ्य र शिक्षा क्षेत्र राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट प्रगति हुनेछ। गोपनीयता खोलिएमा परिवारमा समस्या हुनसक्छ। जसले गर्दा परिवारको साथ नमिल्न सक्ने देखिन्छ।

मकरः समय सामान्य राम्रो छ। बन्धुसँगको भेटले दिन रामाइलो हुनेछ। आफूले नजानेकै कारण धन खर्च हुने योग छ। परिवारमा विश्वास गुम्ने देखिन्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कुम्भः आर्थिक क्षेत्र सबल छ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा मन जाने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दिन राम्रो छ। नसोचेका शुभचिन्तकसँगको भेटले रमाइलो हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ पाउने योग रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका