जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • आज २०८० साल पुस २८ गते शनिबारको राशिफल

आज २०८० साल पुस २८ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। बोलीमा मोहनी भएकाले मित्रको साथ पाइने छ। राम्रो कामको सुरुवात गर्ने दिन हो। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध राम्रो बन्नेछ।

वृषः स्वास्थ्य र शिक्षा क्षेत्र सबल छन्। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। यो राशिलाई वृहस्पती र चन्द्रमा अनुकुल रहेकाले दिन रमाइलो हुनेछ। परिवारमा खर्च बढ्ने देखिन्छ।

मिथुनः दैनिकी राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। कुटुम्बबाट मिल्ने सहयोगले आर्थिक लाभ हुनेछ। रोगबाट मुक्ति मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कटः समय सामान्य छ। बन्धुसँगको भेटले मन खुशी हुन्छ। स्वास्थ्य खराब हुने भएकाले खानपानमा ध्यान दिनुपर्ने देखिन्छ। परिवारमा खटपटी हुनसक्छ। प्रेम सम्बन्ध टुट्ने खतरा छ।

सिंहः दिन सामान्य राम्रो छ। मित्रको साथ पाइने छ। परिवारको साथ नमिल्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। ठुलो विश्वास गरेका मान्छेबाट धोखा हुने सम्भावना देखिन्छ।

कन्याः दिन रमाइलो छ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। साथीसँग बस्ने मौका मिल्नेछ। परिवारको साथ पाउने योग छ।

तुलाः समय राम्रो छ। शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रका लागि आज राम्रो छ। धर्ममा समय खर्च हुने भएकाले दिन लाभदायक छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः दैनिकी सामान्य छ। बोलीको प्रभाव देखिन्छ। परोपकार गर्नु फाइदाजनक हुन्छ। प्रतिस्पर्धी कमजोर हुनेछन्। पारिवारिक झमेलाले खटपटी आउने योग रहेको छ।

धनुः दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्र राम्रो छ। धन कमाउने चाहनाले मन अशान्त हुनेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ।

मकरः समय सामान्य छ। खर्च बढ्ने देखिन्छ। आम्दानी भन्दा खर्च बढी हुन्छ। बन्धुबाट सहयोग नमिल्ने देखिन्छ। परिवारसँग भने रमाइलो यात्रा हुनेछ। प्रेमी प्रेमिकाका लागि रमाइलो समय छ।

कुम्भः समय सामान्य छ। गोचरमा शनिदेवको छाया योग रहेको देखिन्छ। जन्म कुण्डलीमा ३, ६ र ११ मा शनिदेव भए ठुला काम सहजै बन्नेछन्। त्यो नभए जुनसुकै काम गर्दा पनि बाधा हुनेछ।

मीनः समय राम्रो छ। आजको दिन सफल हो। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान रहे पनि परिवारको साथ पाउने योग रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका