जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • २६ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल पुस २९ गते आइतबारको राशिफल

आज २०८० साल पुस २९ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय राम्रो छ। बोलीमा सरस्वती बसेकाले सबैले प्रशंसा गर्नेछन्। बोल्दा ख्याल गर्नुपर्छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा विश्वासको अभाव देखिन्छ।

वृषः दिन राम्रो छ। आम्दानी हुने दिन छ। पूर्वको यात्रा गरेमा अचानक धन खर्च हुनेछ। पिउने साथीसँग संगत नगर्नु राम्रो हुन्छ। परिवारको साथमा हुने भएकाले दिन रमाइलोसँग बित्नेछ। प्रेमीसँग भेट हुनेछ।

मिथुनः दैनिकी सामान्य राम्रो छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आर्थिक उन्नति हुनेछ। मानसिक खटपटीले आफूलाई घाटा गर्नेछ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ।

कर्कटः समय राम्रो छ। गणेशको दर्शन गरेमा दिन अझ सहज हुनेछ। हरेक क्षेत्र सबल छन्। स्वदेशमै रोजगारीको विकल्प देख्न सकिन्छ। परिवारमा भने विश्वासको अभाव हुनेछ।

सिंहः समय राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्र सबल देखिन्छ। पेट सम्बन्धी समस्या देखिन सक्छ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। परिवारको साथ मिल्नेछ।

कन्याः दैनिकी सामान्य छ। गुमेको धन र हराएका साथी भेटिने योग रहेको छ। खुट्टा तान्ने सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। आजको दिन विचार पुर्याएर आफूलाई सुरक्षित राख्नु राम्रो हुन्छ।

तुलाः हरेक क्षेत्र अब्बल छन्। आज परोपकार गर्नु राम्रो हुन्छ। धेरै मानिसले तपाईंको प्रतिक्षा गर्नेछन्। पारिवारिक शुत्रबाट साथ र सहयोग मिल्नेछ। प्रेस सम्बन्ध सुमधुर हुनेछ।

वृश्चिकः दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा आरोप प्रत्यारोप र विरोधका स्वर सुन्न सकिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

धनुः बोलीको फन्दानमा पर्ने योग रहेको छ। विचार गरेर बोल्नु राम्रो हुन्छ। कामको प्रशंसा हुनेछ। शिक्षामा सफलता मिल्नेछ।

मकरः दैनिकी राम्रो छ। अचानक धन खर्च हुने भए पनि धर्म र समाजसेवामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा भइरहेको प्रयास सफल हुनेछ। परिवारमा खटपटी हुनेछ।

कुम्भः समय राम्रो छ। कर्मको फल मिल्नेछ। तपाईंलाई न्याय हुनेछ। पन्छीलाई दाना दिनु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

मीनः समय सामान्य छ। हरेक क्षेत्र विवादित रहे पनि शिक्षामा गरेको लगानी र श्रमबाट लाभ प्राप्त हुनेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका