जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५४ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल फागुन २५ गते शुक्रबारको राशिफल

आज २०८० साल फागुन २५ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। सन्तानको तर्फबाट खुशी मिल्नेछ। मनमा उत्साह बढ्ने योग छ। परोपकार गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दैनिकी राम्रो छ। धर्ममा मन जानेछ। बौद्धिक व्यक्तिसँग भेट हुने योग छ। नयाँ खबर सुन्दा मनमा उत्साह बढ्ने छ। परिवार र बन्धुले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट हरेक काममा साथ र सहयोग मिल्नेछ। विदेश यात्रा गर्नु भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुने देखिन्छ।

कर्कटः दिन सामान्य छ। शनिदेवको छाया योग रहेको छ। शिवको भजन बिहानै सुन्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। मासु र मदिराबाट टाढा बसेकै राम्रो हुन्छ।

सिंहः दैनिकी सामान्य छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा विवाद हुने भएकाले लगानी गर्नु अगाडि सोच्नु राम्रो हुन्छ। मन चञ्चल हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

कन्याः समय अनुसार चल्नुपर्ने दिन छ। लगानीको क्षेत्रबाट उचित लाभ हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। समाजबाट सम्मान मिल्नेछ। परिवारबाट सुख प्राप्त हुनेछ।

तुलाः प्रतिस्पर्धी शान्त भएकाले दिन राम्रो छ। शिक्षा क्षेत्रमा प्रशंसा हुनेछ। स्वास्थ्यमा भने विशेष ख्याल गर्नुपर्ने दिन छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन राम्रो छ। आर्थिक क्षेत्रमा सुधार हुनेछ। मनमा उत्साह हुनेछ। परिवारसँगको सम्बन्ध सुखमय रहने छ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। अचानक टाउँकोमा पीडा हुने जोखिम छ।

धनुः समय राम्रो छ। साथीबाट सहयोग मिल्नेछ। लगानी र श्रमको क्षेत्रबाट फाइदा हुनेछ। शिक्षामा फाइदा, स्वास्थ्यमा लाभ हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः समय राम्रो छ। बन्धुको साथ र सहयोग रहनेछ। बोलीमा नम्रता र विचारमा प्रष्ट हुनुपर्ने छ। खर्च बढी हुनाले परिवारमा मनमुटावको जोखिम देखिन्छ। खर्च गर्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ।

कुम्भः समय सामान्य छ। थोरै बोलेर जित्नु राम्रो हुन्छ। बोलीकै कारण आफन्त टाढा हुने जोखिम रहेको छ। आर्थिक क्षेत्रमा विवाद हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपट हुने योग रहेको छ।

मीनः दिन सामान्य छ। आफन्तले नै पराई देख्ने छन्। ठुलो कामको योजना नबनाएकै राम्रो हुन्छ। खर्च बढी हुने योग छ। परिवारसँगको सम्बन्धले खुशी दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका