जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • आज २०८० साल फागुन ६ गते आइतबारको राशिफल

आज २०८० साल फागुन ६ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ । मन खुशी हुनेछ । धार्मिक व्यक्तित्वसँग भेट हुनेछ । व्यापारमा लाभ हुनेछ । शिक्षामा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ । परिवारको साथ मिल्नेछ ।

वृषः आर्थिक क्षेत्रमा फाइदा हुनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । सामाजिक क्षेत्रमा विरोध सुन्नुपर्ने हुनसक्छ । मर्यादामा रहनु आवश्यक देखिन्छ । परिवारमा खुशी मिल्नेछ ।

मिथुनः दिन राम्रो छ । शिक्षामा लाभ हुनेछ । सामाजिक परोपकार गर्ने दिन रहेको छ । वैदेशिक क्षेत्रको लगानीमा जोगिएर काम गर्नुपर्ने देखिन्छ । परिपवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कटः दैनिकी सामान्य छ । तपाईंको धनमा आँखा लगाउने धेरै छन् । खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या हुनसक्छ । परिवारसँगको सम्बन्धमा खटपट हुनेछ ।

सिंहः दैनिकी राम्रो छ । पैतृक सम्पत्ति प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीले सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा लगानी भए फाइदा हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्धमा भने खटपटी देखिनसक्छ ।

कन्याः सयम राम्रो छ । परिवारसँगको सम्बन्ध राम्रो हुनेछ । सामाजिक सेवाको अवसर मिल्नेछ । रोग सुधार हुँदै जानेछ । लामो यात्रा नगर्नु राम्रो हुन्छ । आज पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ ।

तुलाः दिन राम्रो छ । प्रतिस्पर्धीले नै साथ र सहयोग गर्नेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अचानक पुरानो रोग बल्झिने खतरा हुनसक्छ । खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ ।

वृश्चिकः समय सामान्य छ । झुटा आरोप सुन्नुपर्ने हुनसक्छ । अचानक शिर दर्दको सामना गर्नुपर्नेछ । शिक्षामा सफलता मिल्नेछ । ठुला काममा हात नलगाउनु राम्रो हुन्छ ।

धनुः दिन राम्रो छ । कारोबारबाट फाइदा हुनेछ । बन्धु र साथीबाट सहयोग मिल्नेछ । रोगबाट छुटकारा हुने योग रहेको छ । धेरै बोल्ने साथीसँग सचेत हुनुपर्ने आवश्यकता देखिन्छ । परिवारको सहयोग मिल्नेछ ।

मकरः समयको ख्याल गर्नुपर्ने देखिन्छ । कुनै पनि काममा जाँगर नहुने देखिन्छ । साथीभाइले साथ दिनेछन् । लामो समयदेखि समस्या भइरहेको रोगबाट मुक्त हुने योग छ । परिवारको साथ र सहयोग राम्रो छ ।

कुम्भः दिन सामान्य छ । अल्छीपनले सताउने छ । साथीले अप्ठेरो कुरा गर्ने हुनसक्छ । झुटा आरोप सुन्नुपर्ने हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम र परिवारसँगको सम्बन्धमा समस्या हुनसक्छ ।

मीनः दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । स्वदेशमै लगानीका सम्भावना भेटिने छन् । ठुलो उद्योगमा हात नलगाएकै राम्रो हुनेछ । परिवारको साथ र सहयोग रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका