जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५९ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल फागुन ८ गते मंगलबारको राशिफल

आज २०८० साल फागुन ८ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दैनिकी राम्रो छ। तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ। परिवारमा विश्वासको खडेरी हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

वृषः गुम्न लागेको धन हात लाग्ने योग रहेको छ। साथी सकारात्मक छन्। लगानी रहेको क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ।

मिथुनः समाजमा बोलीको प्रभावले अरुलाई मख्ख पार्न सकिनेछ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ। अचानक रोगको प्रकोप बढ्नसक्छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

कर्कटः दैनिकी राम्रो छ। संघर्ष गरेका क्षेत्रबाट सफलता मिल्नेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ। परिवारले राम्रो साथ दिनेछन्। लामो यात्रा नगर्नु र यात्रा गर्नैपरे पश्चिम नजानु राम्रो हुन्छ।

सिंहः दैनिकी राम्रो छ। श्रमको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा बढी माया देखाएमा आफ्ना कामको विरोध हुने देखिन्छ।

कन्याः दिन राम्रो छ। पारिवारिक घुमघामको समय छ। ज्ञान र सीप भएका साथीको साथ रहनेछ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ।

तुलाः दिन राम्रो छ। शिक्षाको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा खराब मानिससँग बचेर गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धीको आवाज शान्त रहेको छ। स्वस्थ्यमा सुधार हुनेछ।

वृश्चिकः समय सामान्य छ। एउटा गलत कामको पर्खाइमा समाज लागि परेको देखिन्छ। बोली र व्यवहारमा सचेत हुनु राम्रो हुन्छ। गणेशको भजन सुन्नु राम्रो हुन्छ। दुबो चढाएमा दिन सफल बन्नेछ।

धनुः दिन राम्रो छ। गलत बाटो हिँड्नुभयो भने साथीले सच्याउने छन्। शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ।

मकरः दिन सामान्य छ। झुटो आरोप लाग्नसक्छ। मन खुशी नहुने शब्द सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा विवाद हुनेछ। धार्मिक क्षेत्रमा सानो योगदान दिए सबै कुरा मिल्नेछ।

कुम्भः दिन सामान्य छ। आफूले आफ्नो विरोध सुन्नुपर्ने योग छ। परिवारमा एक्लो भएको महसुस हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा अल्छीपनले घाटा हुनेछ। भजन गर्नाले धेरै समस्याको समाधान हुनेछ।

मीनः दिन राम्रो छ। लगानीबाट सन्तोष मिल्नेछ। शिक्षाको लगानीमा सफलता, स्वास्थ्यमा लाभ र रोजगारीको क्षेत्रमा गरेको लगानीबाट बढुवा हुने योग छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका