जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • आज २०८० साल माघ १ गते सोमबारको राशिफल

आज २०८० साल माघ १ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। बोलीमा मोहनी भएकाले काम बन्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्र सबल छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने विश्वासको अभाव हुनेछ।

वृषः दैनिकी सामान्य राम्रो छ। रमाइला कामले दिन सहजै बित्नेछ। दुर्घटनाको जोखिम रहेकाले सवारी साधनमा यात्रा गर्दा सचेत हुनु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुनः दैनिकी राम्रो छ। आम्दानी हुनेछ। आफ्नो श्रमको मूल्य पाइने छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा खुशी छाउने छ।

कर्कटः दिन सामान्य छ। हरेक काममा विरोध र बाधा आइपुग्छन्। तनावपूर्ण दिन भए पनि शिवलाई स्मरण गर्नाले दिन सहज हुनेछ। परिवारबाट सहयोग प्राप्त नहुन सक्छ।

सिंहः दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

कन्याः दैनिकी सामान्य छ। आम्दानी भन्दा बढी खर्च हुनेछ। यात्रा जोखिमपूर्ण हुनसक्छ। परिवारबाट राम्रो साथ र सहयोग मिल्नेछ।

तुलाः समय राम्रो छ। हरेक क्षेत्र राम्रो भए पनि सन्तानले आरोप लगाउने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर रहने देखिन्छ।

वृश्चिकः समय सामान्य छ। हरेक क्षेत्रमा असहयोग हुने योग छ। परिवारको साथ र सहयोग हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

धनुः दिन राम्रो छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र सबल छन्। शिक्षा क्षेत्रमा लगानी भएको भए राम्रो उन्नति हुने योग छ। परिवारको सहयोग मिल्नेछ।

मकरः दैनिकी राम्रो छ। हरेक क्षेत्र सबल छन्। दिन रमाइलोसँग बित्नेछ। अचानक आउने नराम्रो खबरले मन दु स्खी हुनसक्छ। परिवारको साथ र सहयोग प्राप्त हनेछ।

कुम्भः दिन राम्रो छ। तीर्थ यात्रा गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। यात्रामा सफलता प्राप्त हुनेछ।

मीनः समय सामान्य छ। अचानक खर्च बढ्ने छ। सञ्चित धन जोगाउनुपर्ने देखिन्छ। परिवारबाट सहयोग हुनेछ। पेट सम्बन्धी रोगको प्रकोप बढ्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका