जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५९ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल माघ २५ गते बिहीबारको राशिफल

आज २०८० साल माघ २५ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय राम्रो छ। आर्थिक क्षेत्रमा अपेक्षा अनुसार फाइदा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। आफन्तको साथ र सहयोग मिल्नेछ।

वृषः दैनिकी राम्रो छ। सञ्चित धन सही ठाउँमा खर्च हुनेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दैनिकी सामान्य छ। मनमा नराम्रो सोच आउन सक्छ। काम गर्नु अगाडि आफूभन्दा ठुला मानिससँग परामर्श गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहन्छ।

कर्कटः दिन सामान्य राम्रो छ। लगानीको क्षेत्र भने सबल रहेको छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। झुटो आरोप लाग्नसक्छ। आफन्तको आलोचना सुन्नुपर्ने हुनसक्छ। वर र पिपलको दर्शन मात्र गरेमा काम बन्नेछ।

सिंहः दिन सामान्य छ। आफन्तबाट अपमानित हुनुपर्न सक्छ। स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नु आवश्यक छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बढी विश्वास गर्नाले परिवारबाट धोखा हुनसक्छ।

कन्याः दिन राम्रो छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिएको छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो छ। परिवारको साथ मिल्नेछ।

तुलाः दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षाको लगानीबाट फाइदा नहुने योग छ। प्रतिस्पर्धीबाट उम्कने सम्भावना धेरै छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिकः समय राम्रो छ। बन्धुबाट साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखापर्ने छन्। शिक्षामा असफलता आइलाग्न सक्छ। सामाजिक क्षेत्रमा हात नलगाएको राम्रो हुन्छ। वैदेशिक क्षेत्रको श्रम लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। लगानीका क्षेत्रबाट उपलब्धि हात पर्नेछ। स्वास्थ्य लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र वैदेशिक क्षेत्रमा सफलता हात लाग्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकरः बोलीको प्रभावले काम बन्नेछ। आजको दिन ठुलो व्यापारमा हात नलगाउनु राम्रो हुन्छ। विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। हनुमानको चिन्तन गरेमा धेरै समस्याको समाधान हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहने छ।

कुम्भः दैनिकी सामान्य छ। बोल्दा ख्याल गर्नु आवश्यक छ। बोलीमा शनिदेवको कुप्रभाव रहेको छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्य राम्रो हुनेछ वैदेशिक लगानीबाट फाइदा हुनेछ।

मीनः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शत्रुको नाश हुनेछ। हरेक काममा परिवारको साथ र सहयोग रहनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका