जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • आज २०८० साल माघ २६ गते शुक्रबारको राशिफल

आज २०८० साल माघ २६ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। समाजमा बोलीको प्रभाव रहनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा लाभ प्राप्त हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

वृषः दैनिकी राम्रो छ। लगानीबाट फाइदा हुनेछ। समाजले सम्मान गर्नेछ। रोजगारीमा प्रवेशको सम्भावना छ। धर्म छोडेमा पीडा भोग्नुपर्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ।

मिथुनः चुपचाप काम गर्नुपर्ने समय आएको छ। आर्थिक क्षेत्र सबल छ। सामाजिक क्षेत्रमा झन्झट सुन्नुपर्ने हुनसक्छ। परिवारमा विश्वास गरेकाले नै शंका गर्ने जोखिम छ।

कर्कटः दिन सामान्य छ। झुटो आरोप सुन्नुपर्ने हुनसक्छ। यात्रामा जोखिम रहेकाले गति नियन्त्रण आवश्यक छ। हनुमानको चिन्तन गर्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। रोजगारीमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको मेहनतको प्रतिफल प्राप्त हुनेछ। परिवारमा भने विश्वासको अभाव देखिन्छ। दाजुभाइ र दिदीबहिनीले साथ दिनेछन्।

कन्याः दिन राम्रो छ। सामाजिक र आर्थिक क्षेत्रमा लाभ हुनेछ। गुरुबाट भने सहयोग नमिल्न सक्छ। धार्मिक क्षेत्रमा ध्यान जाने देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दैनिकी राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीमा घाटा हुनाले स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा लगानी अनावश्यक हुनसक्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः दिन सामान्य छ। रोग, त्रास र भयले सताउने देखिन्छ। दुर्गा माताको दर्शन गरेमा काम सफल बन्नेछ। यात्रामा जोखिम हुने भएकाले सवारी साधन तीव्र गतिमा नचलाउनु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

धनुः दिन राम्रो छ। चन्द्रमा दाहिना छन्। ठुला उद्योगको सुरुवात गर्ने दिन आएको छ। तपाईंको लगानीले प्रतिस्पर्धी शान्त हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

मकरः समय राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। हरेक क्षेत्रमा कुरा काट्नेहरु सक्रिय छन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः समय सामान्य छ। आफ्नो निन्दा आफैले सुन्नुपर्ने छ। तपाईंले गाई र चरालाई दाना प्रदान गर्नु राम्रो हुन्छ। शिव भजन सुन्नुभयो भने दिन राम्रो हुनेछ। परिवारसँगको सम्बन्धले दिन रमाइलो बन्नेछ।

मीनः दिन राम्रो छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका