जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १५ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल माघ २७ गते शनिबारको राशिफल

आज २०८० साल माघ २७ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। आफ्नो बाटो बनाउनुपर्नेछ। अरुसँग अपेक्षा गर्नु गलत हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। यात्रामा खर्च हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दैनिकी राम्रो छ। नसोचेको ठाउँबाट राम्रो लाभ हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या हुनसक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ। परिवारको साथ र सहयोग रहनेछ।

मिथुनः दिन राम्रो छ। वैदेशिक क्षेत्रमा राम्रो फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध राम्रो छ।

कर्कटः दिन सामान्य छ। व्यवस्थापन गर्न नजान्दा विवादको सामना गर्नुपर्ने छ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन सामान्य राम्रो छ। रोगले सताउने योग छ। यात्रामा जोखिम रहेकाले सचेत हुनु राम्रो हुन्छ। पुराना साथीसँग भेट हुने योग छ। परिवारबाट सहयोग मिल्नेछ।

कन्याः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पुरानो रोग निको हुँदै जानेछ। गुरुबाट असहयोग रहे पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

तुलाः दैनिकी राम्रो छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो फाइदा हुन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

वृश्चिकः समय सामान्य राम्रो छ। आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप हुनसक्छ। कुरा काट्नेहरु सक्रिय छन्। शिक्षाको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सफल बन्नेछ।

धनुः दिन राम्रो छ। व्यापारबाट फाइदा हुनेछ। नयाँ ठाउँको या
त्रा रमाइलो बन्नेछ। शिक्षामा अगाडि बढ्ने उत्साह मिल्नेछ। परिवारको साथ राम्रो छ। रोग बढ्ने भएकाले खानपानमा ख्याल गर्नुपर्छ।

मकरः दैनिकी सामान्य राम्रो छ। बोलीको जालमा पर्ने जोखिम भएकाले सोचेर बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्र भने विवादित रहेको छ। तपाईंको काममा परिवार सकारात्मक छ।

कुम्भः दैनिकी सामान्य राम्रो छ। झुटा आरोप लाग्नसक्ने देखिन्छ। शनिदेवको छाया रहेकाले वर र पिपलको दर्शन गरेमा सबै काम सफल हुनेछ। परिवारमा खटपट हुनसक्छ। प्रेम सम्बन्धलाई संयमित भएर अगाडि बढाउनुपर्छ।

मीनः दिन राम्रो छ। माया मारेको धन प्राप्त हुनसक्छ। स्वदेशमै लगानीको सम्भावना देखिन्छ। परिवारबाट निरन्तर सहयोग हुनेछ। स्वास्थ्य र शिक्षामा राम्रो सफलता मिल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका