जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३६ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल माघ २९ गते सोमबारको राशिफल

आज २०८० साल माघ २९ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। परिवारबाट सहयोग मिल्नेछ। शिक्षा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक क्षेत्रमा नाम रहनेछ। विदेशमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

वृषः समय राम्रो छ। बौद्धिक मित्रसँगको भेटले ज्ञान प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। स्वदेशमा देखिएको सम्भावनालाई अगाडि बढाएमा रोजगारी मिल्नेछ।

मिथुनः परिवारबाट सहयोग मिल्नेछ। खानपानमा ख्याल नगरेमा स्वास्थ्यमा समस्या हुनसक्छ। धार्मिक क्षेत्रका अगुवासँगको भेटले दिन रमाइलो बन्नेछ। विदेशमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवाले हरेक काममा साथ दिने देखिन्छ।

कर्कटः समय सामान्य छ। हरेक क्षेत्रमा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। ऋणको भार थपिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपट हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

सिंहः दिन राम्रो छ। आफन्तले सहयोग गर्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीले नाम र दाम दुवै उपलब्ध हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। साथीको सहयोगमा सोचेको काम बन्नेछ।

कन्याः परिवारबाट सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयासले राम्रो नतिजा दिनेछ।

तुलाः शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अचानक पुरानो रोगले सताउने जोखिम छ। आफन्त र परिवारले साथ दिनेछन्। वैदेशिक क्षेत्रमा लगानी भए राम्रो लाभ हुनेछ।

वृश्चिकः समय सामान्य छ। आफ्नाबाट अपमानित भएको सुन्नुपर्ने हुनसक्छ। शिक्षाबाट फाइदा हुनेछ। स्वास्थ्य अवस्थामा कुनै जोखिम छैन। सामाजिक क्षेत्रमा हात अगाडि नबढाउनु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गर्ने उपयुक्त समय होइन।

धनुः दिन सामान्य राम्रो छ। आँखा र मस्तिष्क सम्बन्धी समस्या देखिन सक्छ। बिहान सूर्यलाई जल चढाएमा समस्या कम हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। विदेशमा हुनुहुन्छ भने लाभ हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मकरः समय सामान्य छ। आफ्नै कारण हरेक ठाउँमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। बन्धुबाट सकारात्मक सुझाव प्राप्त हुनसक्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ।

कुम्भः शनिदेवलाई खुसी पार्नुपर्ने देखिन्छ। हुनमानको पूजा गर्नु फाइदाजनक हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दिन राम्रो छ। परिवार र साथीभाइको सहयोग मिल्नेछ। समाजमा प्रशंसा हुनेछ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। धार्मिक कार्यमा संलग्न हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका