जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल चैत २ गते शनिबारको राशिफल

आज २०८१ साल चैत २ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य राम्रो छ। काम गर्दा सचेत बन्नुपर्नेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। मिहिनेतको फल गुम्ने जोखिममा छ। शत्रु बढ्नेछन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राहत मिल्नेछ।

वृषः शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्नेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

मिथुनः परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। साना कुराले झन्झट थपिने जोखिम छ। धार्मिक व्यक्तिसँग भएको वार्ताले मनमा शान्ति मिल्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। निजी शिक्षामा गरेको लगाीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः धनलक्ष्मी योग परेको छ। यसलाई सदुपयोग गर्न सके फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

कन्याः हरेक काम सहजै बन्नेछन्। साथीभाइको साथमा काम सहजै बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्ने योग छ।

तुलाः समय र सम्पत्ति खर्च हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। विपक्षी साथीले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। निर्णय गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ।

वृश्चिकः दिन राम्रो छ। आम्दानीका स्रोत राम्रा छन्। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ। स्वास्थ्यमा समस्या देखिनेछ।

धनुः दिन सामान्य छ। लगानीका क्षेत्रमा घाटा हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। शरीरमा आलस्य बढ्नेछ। परिवारले तपाईंको अवस्था विपरित कुरा गर्दा मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण गरे मन शान्त बन्नेछ।

मकरः साढेसाती दशा भए पनि शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछन्। व्यापारमा गरेको लगानीले उत्साह थप्नेछ। निजी शिक्षामा गरेको लगाीबाट फाइदा हुनेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

कुम्भः मध्य साढेसाती दशा चलिरहेकाले मन अशान्त बन्नसक्छ। श्रमको मूल्य प्राप्त नहुने जोखिम छ। शनि अनुकुल भएमा मनमा शान्ति मिल्नेछ। एकल निर्णय आजको लागि घातक हुनेछ।

मीनः मनमा चिन्ता मिल्नेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। काम गर्दा सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका