जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल

आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल

राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः बोलीमा प्रभाव रहनेछ। व्यापार व्यवसायमा धन लाभ हुनेछ। परिवार र आफन्तबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन राम्रो छ। कार्य सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तोष प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। स्वदेशमा भन्दा विदेशको रमझममा मन जानेछ।

मिथुनः धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। आफूले गरेको श्रमको उचित फल प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कटः संचित धन खर्च हुनेछ। शत्रु बढ्ने समय आएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। वरपिपलको रुखमा पानी चढाएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

सिंहः दिन राम्रो छ। इष्टमित्र बढ्नेछन्। मनमा उत्साह थपिनेछ। आज उत्तरको एकल यात्रामा नजानुहोला। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ।

कन्याः दिन राम्रो छ। कृषिजन्य वस्तुमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ। सरकारी सेवामा भए बढुवा हुने सम्भावना छ। परिवारमा मेलमिलाप रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः तपाईंले गरेको राम्रा कामको जस अरुले लिन सक्छन्। परिवारमा विवाद आउन सक्छ। शिक्षाको क्षेत्रमा भने तपार्इंको उन्नति प्रगति हुनेछ। स्वास्थ्यमा समस्या हुने दिन छ।

वृश्चिकः आज शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत हुनुपर्नेछ। परिवारमा विवाद बढ्नेछ। बिहान गणेशको भजन सुन्दा दिन सहज हुनेछ।

धनुः स्वास्थ्यमा गडबढी हुनेछ। शत्रु बढ्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध भने सुमधुर रहला।

मकरः आज संचित धन खर्च गर्ने दिन छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। अन्त्य साढे साती दशा चलिरहेकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कुम्भः सानातिना कुरामा रिस धेरै उठ्नेछ। रिसको नियन्त्रण गर्नु फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। अध्ययनमा मन जानेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः बोलीको प्रभावले राम्रा काम बन्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। आफन्तको सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

धेरै टिप्पणी गरिएका