जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ४९ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल वैशाख २ गते आइबारको राशिफल

आज २०८१ साल वैशाख २ गते आइबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः साथीले सहयोग गर्नेछन्। रमाइलो यात्राको अवसर मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक काममा सम्मान मिल्नेछ। विरोध गर्ने साथी शान्त हुनेछन्। राम्रो कामको थालनी गर्नुपर्ने दिन छ।

वृषः वैदेशिक क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सार्वजनिक पद अर्थात् जिम्मेवारी प्राप्त हुनसक्छ। भौतिक सुखले मन आनन्दित हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग छ।

मिथुनः सिर्जनाको क्षेत्रमा मन जानेछ। थोरै श्रमबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ रमाइलो हुनेछ। बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ।

कर्कटः तपाईंको कामबाट अरुले फाइदा लिनेछन्। आर्थिक आरोबारमा विवाद हुनसक्छ। राम्रो कामबाट खुट्टा तान्ने सक्रिय छन्। निष्ठावान बन्नु भएमा सबै पछाडि पर्नेछन्।

सिंहः लामो समयदेखि रोकिएका काम बन्नेछन्। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। परिवारमा प्रतिस्पर्धा चल्नेछ। घरमा नयाँ मान्छेको आगमन हुनसक्ने योग छ।

कन्याः सुरु गरेको काम बन्नेछ। राम्रो कामको थालनी गर्दा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। डर, त्रास र भयबाट मुक्त भएर ठुलो कामको थालनी गर्नुपर्ने दिन हो।

तुलाः विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। कर्म क्षेत्रलाई निरन्तरता दिनाले भाग्यको उदय हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः गलत व्यक्तिको संगत नगर्नु राम्रो हुन्छ।घरमा भन्दा भन्दा बाहिर रमाउने बानीले परिवारमा खटपट हुनसक्छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको बाटोबाट भने फाइदा हुने योग छ।

धनुः धार्मिक कार्यमा मन जानेछ। धन कमाउन भन्दा जोगाउने कुराको चिन्ता बढ्नेछ। महत्तवपूर्ण काममा साथीभाइको सहयोग प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

मकरः परोपकार गर्ने समय छ। वैदेशिक क्षेत्रको लगानी सफल बन्नेछ। आफन्तलाई मनको कुरा नभन्नु राम्रो हुन्छ। विशिष्ट व्यक्तिको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कुम्भः परिवारमा रमाइलो जमघट वा भेटघाट हुनेछ। लामो समयदेखि अवरुद्ध काम बन्नेछ। नम्र बोलीको माध्यमले अरुलाई प्रभावमा पारेर काम गर्नु राम्रो हुन्छ।

मीनः समय खराब चलिरहेकाले हरेक क्षेत्रमा मेहनत गर्नुपर्ने देखिन्छ। आम्दानी भन्दा खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आफन्तले अपमान गर्नेछन्। नम्र भएर धार्मिक क्षेत्रमा मन दिनुपर्ने दिन छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका