जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • २६ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल वैशाख ३ गते सोमबारको राशिफल

आज २०८१ साल वैशाख ३ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः मेहनत गरेको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। धार्मिक यात्रा हुने योग छ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। साथीसँगको भेटले मन खुशी हुनेछ। श्रमको उचित मूल्यांकन हुने दिन छ।

मिथुनः जग्गा जमिन वा सुनको जोहो गर्ने दिन छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शुभ कार्यमा सहभागी हुने अवसर जुट्नेछ।

कर्कटः खराब समय आएको छ। सामान हराउने जोखिम हुनसक्छ। कुरा काट्नेहरु धेरै छन्। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। साथीसँग सहकार्य गर्दा जोगिएर काम गर्नुपर्ने हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

सिंहः परिवारको साथ र सहयोग मिल्नेछ। स्वदेशमै लगानीका अवसर सिर्जना हुनेछन्। समय राम्रो भए पनि सफलताका लागि संघर्ष आवश्यक देखिन्छ। धन आर्जनको समय भए पनि मेहनतको आवश्यकता देखिन्छ।

कन्याः लामो समयदेखि गुमेको धन भेटिने छ। हराएको साथीसँग अचानक भेट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। मन खुशी हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

तुलाः आर्थिक क्षेत्र सबल बन्नेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। रमाइलो यात्राको योग रहेको छ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

वृश्चिकः तपाईंको श्रमबाट फाइदा लिनेहरु रमाउने देखिन्छ। बोलीमा नम्रता र व्यवहारमा लचकता आवश्यक छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदै हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनुः मेहनत गरेको क्षेत्रमा काम बन्नेछ। तपाईंको मिठो बोली नै उपयोगी बन्नेछ। धर्मममा मन जानेछ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ।

मकरः राम्रो खबर सुन्न पाइने योग छ। वित्तीय संस्थासँगको कारोबार राम्रो हुनेछ। व्यापारबाट उल्लेखनीय उपलब्धि नहुनसक्छ। परिवारको सल्लाह लिएर मात्र काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कुम्भः आकस्मिक लाभको योग छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहने योग छ। सोचेको काम बन्नेछ।

मीनः आम्दानी भन्दा खर्च बढ्ने योग छ। नयाँ साथीसँग भेट हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी नै उत्साहजनक हुनेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा खटपट हुनसक्छ। दुर्घटनाको जोखिम रहेकाले यात्रामा सचेत हुनु राम्रो हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका