जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३६ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल वैशाख ४ गते मंगलबारको राशिफल

आज २०८१ साल वैशाख ४ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः खर्च बढ्नेछ। साथीभाइबाट असहयोग हुने दिन छ। चोटपटकको भय भएकाले सचेत भएर काम गर्नुपर्ने छ। भूमि सम्बन्धी हुने कारोबारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। परिवारको माया र साथ प्राप्त हुनेछ।

वृषः सफल यात्राको योग रहेको छ। आर्थिक क्षेत्र सबल बन्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पराक्रम बढ्ने दिन छ।

मिथुनः अधिकार प्राप्तिको लडाइँमा सफलता मिल्नेछ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा फाइदा, स्वास्थ्यमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः समय साथीसँग बित्नेछ। शिक्षा क्षेत्रमा प्राप्त नतिजाले हौसला बढाउने छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यवसायतर्फको आदर्श व्यक्तिसँग भेट हुनेछ।

सिंहः मनमा डर सिर्जना हुनेछ। परिवारका सदस्यको नमिठो बोली सुन्नुपर्ने जोखिम रहेको छ। काम गर्दा र बोल्दा सोच्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

कन्याः सरकारी जागिरे भए बढुवा हुनेछ। मान र प्रतिष्ठा बढ्नेछ। यात्राको योग रहेको छ। साथीहरुसँग रमाइलोका साथ दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः आफ्नो काम देखेर रमाउने दिन छ। राजनीतिमा सफलता प्राप्त हुनेछ। पुरानो साथीसँगको भेट रमाइलो हुनेछ। परिवारसँगको सम्बन्ध प्रगाढ बन्छ। विपरित लिंगी साथीको सहयोग विशेष हुनेछ।

वृश्चिकः शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। धन आर्जनको नयाँ स्रोत पत्ता लाग्ने दिन हो। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। व्यवहारमा खटपट भए बोलीको माध्यमबाट प्रभावित पार्नुपर्नेछ।

धनुः आफन्तले दिएको सुझाव गलत लाग्नसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्नेछ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

मकरः लामो समयदेखि रोकिएको सम्पत्ति फिर्ता हुनेछ। नयाँनयाँ कुरा सिक्ने अवसर सिर्जना हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विरोधी शान्त हुने दिन छ। परिवारभित्र व्यवहार गर्दा सचेत हुनुपर्नेछ।

कुम्भः रमाइलो यात्राको योग रहेको छ। अचानक ठुलो उपलब्धि प्राप्त हुनसक्छ। परिवारमा मेलमिलाप रहनेछ। तपाईंले गरेको राम्रो कामको चर्चा हुनेछ।

मीनः आर्थिक कारोबारमा फाइदा हुनेछ। नसोचेको ठाउँबाट रोकिएको धन हात लाग्नेछ। आर्थिक र सामाजिक क्षेत्र अब्बल रहने योग छ। मनोरञ्जनतर्फ मन जानेछ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका